काठमाडौँ । नेपाली संगीत प्रेमीहरूका निम्ति नयाँ गीर्त बेग्लै खुसी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक प्रमोद खरेलको आवाजमा रहेको यो गीतमा शब्द रवि के अधिकारीको रहेको छ ।
गीतलाई राजेन्द्र वाइबा तामाङले संगीतबद्ध गरेका छन् । गीतको मिक्स र मास्टरिङ महेश्वर मान राजभण्डारीले गरेका हुन् ।
म्युजिक भिडियोमा आकर्षक दृश्य, उत्कृष्ट अभिनय र भावनात्मक सन्देश समेटिएको छ । भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनय रहेको छ । गीतको दृश्यहरूलाई जीवित र आकर्षक बनाउन छायांकनमा विशेष कौशल प्रयोग गरिएको छ । भिडियोलाई आकर्षक बनाउन मेकअपमा समारा जोशी र क्यामेरामा दिनेश पराजुलीले साथ दिएका छन्।
भिडियोको निर्मात्री चनु थापा हुन् । निर्देशक निकेश खड्काले गीतको भावलाई दृश्यमा उतारेका छन् । भिडियोको सम्पादन विकाश धमलाले गरेका हुन् । यो म्युजिक भिडियोले धेरैको मन जित्ने अपेक्षा गरिएको छ । ओएसआर डिजिटल युट्युब च्यानलमार्फत यो म्युजिक भिडियो हेर्न सकिन्छ । निर्माण टिमले हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।































प्रतिक्रिया