एनपिएलका लागि सुदूरपश्चिम रोयल्स र म्यारीयटबीच सम्झौता

एनपिएलका लागि सुदूरपश्चिम रोयल्स र म्यारीयटबीच सम्झौता

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिगका लागि सुदूरपश्चिम रोयल्सले काठमाडौँ म्यारीयट होटेलसँग सम्झौता गरेको छ । बिहीबार रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र म्यारीयटका सेल्स एण्ड मार्केटिङ विभागका क्लस्टर डाइरेक्टर विपुल कम्बोजले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

खड्काले म्यारियटसँग सम्झौता गर्न पाउँदा खुसी व्यक्त गरे । ‘नेपालमा पछिल्लो समय पर्यटनको सम्भावनालाई मध्यजर गर्दै होटलमा लगानी गर्ने वातावरण बन्दै गइरहेको छ । म्यारियटजस्तो विश्वकै अग्रणी संस्थाले नेपाली क्रिकेटको सम्भाव्यतालाई मध्यनजर गर्दै क्रिकेट र नेपालीको नयाँ ब्रान्ड एनपिएलमा गरेको लगानी स्वागतयोग्य छ । फ्रेन्चाइज क्लबहरूमा सबैभन्दा धेरै लोकप्रिय भएको सुदूरश्चिमाञ्चल रोयल्सले म्यारियटसँग सम्झौता गर्न पाउँदा खुसी छौँ ।’ खड्काले भने ।

कम्बोजले एनपिएलका लागि उत्साहित रहेको बताए । ‘हामी सुदूरपश्चिम रोयल्सलाई स्वागत गर्न पाउँदा उत्साहित छौँ । टोलीलाई उत्कृष्ट खेलका लागि शुभकामना दिन चाहन्छौँ ।’ उनले भने ।

क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ । यसका लागि सुदूरपश्चिमले ४ विदेशी खेलाडी पनि अनुबन्ध गरिसकेको छ । टोलीको मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा छन् । टोलीको मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी हुन् ।

टोलीमा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउँद, अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (यूएई) रहेका छन् ।

Skip This
Skip This
Logo