एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले गर्ने

एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले गर्ने

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपटक आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल)को स्टार स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

शुक्रवार पत्रकार सम्मेलन गर्दै क्यानले सिदार्थ बैंक एनपीएल भारतीय चर्चित स्पोर्ट्स च्यानल स्टार स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने जानकारी दिएकाे हो ।

स्टार स्पोर्टसले भारतीय चर्चित प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपीएल) लगायतका ठुला अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितको पनि प्रत्यक्ष प्रशारण गर्दै आएको छ । आगामी मंसिर १५ देखि हुने एपिएलमा आठ टोली सहभागी छन्। एनपिएलका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ। स्टार स्पोर्टसले प्रत्यक्ष प्रशारण गर्ने भएपछि एनपीएलले झनै उचाई लिने पक्का छ ।

Skip This
Logo