बिग बास लिगमा आज सन्दिप लामिछानेको टिम मेलबर्न र ब्रिसबेन भिड्दै छ। ब्रिसबेनविरुद्ध जित निकालेमा मेलबर्नले प्लेअफमा पुग्ने संभावना बलियाे बनाउने छ ।
सन्दीपको टिम मेलबर्न १२ अंक जोडेर चौथो स्थानमा रहेको छ । सुरूवाती चार खेलमा ८ विकेट लिएर बंगलादेश प्रिमियर लिग खेल्न गएका सन्दिप आज काे खेलमा टिममा पर्ने संभावना निकै बलियाे रहेकाे छ ।
बंगलादेश प्रिमियर लिगमा सिलेट सिक्सर्सबाट बीपीएल खेलेका सन्दीपले ६ खेलमा ४ विकेट लिन सफल भएका थिए । नेपाली राष्ट्रिय टिमकाे पहिलाे एकदिवसीय र टी-२० सिरिज जित्दा महत्वपुर्ण सदस्य बनेका सन्दिप लामिछाने युएइबाटै बिगबास फर्किएका थिए ।
खेल नेपाली समय अनुसार अपरान्ह ३:२५ बजेबाट सुरू हुनेछ ।





























प्रतिक्रिया