टीकापुर
सिद्धार्थ ग्रुपले हस्पिटालिटी ब्यवसाय सुरु गरेको २१ वर्ष पूरा भएको छ । यस अवसरमा ग्रुपले देशैभर रहेका २२ वटा शाखाहरुले २१ औं वार्षिक उत्सव केक काटेर मनाएका छन् । वार्षिकोत्वसको अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी लगायतले केक काटेका थिए ।
वार्षिक उत्सवका अवसरमा अनाथ बालबालिकाहरुलाई खाद्यान्न र शैक्षिक सामाग्रीहरु बितरण, रक्तदान, मानसिक लगायत विभिन्न समस्याका कारण सहारा गृहमा बस्दै आएका ब्यक्तिहरुलाई खाद्य सामाग्री बितरण गरिएको थियो । कार्यक्रममा सरसफाईका साथै पार्क हस्तान्तरण लगायतका कार्यक्रमहरु गरिएको ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।
सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले करिव २० लाखको लागतमा निर्माण गरेको कोहलपुर चौराहालाई कोहलपुर नगरपालिकालाई हस्तान्तरण गर्ने तयारी गरि रहेको छ ।
कैलालीको टीकापुरबाट ०५४ माघ २३ देखि सानो नास्ता पसलबाट हपिस्टालिटी ब्यवसाय सुरु गरेको सिद्धार्थ ग्रुपका कर्णाली चिसापानी, नेपालगन्ज, सुर्खेत, बुटवल, चितवनको चुम्लिङटार र काठमाडौंमा रेष्टुरेन्ट, होटेल, रिसोट, ट्रेड, क्याफे, इष्ट्रिच्युट, कृषि फर्म र सहकारी गरी २२ वटा शाखाहरु रहेका छन् । ग्रुपले कन्चनपुरको महेन्द्रनगर र झापाको बिर्तामोडमा निकट भविश्य मै होटेलहरु संचालन गर्ने तयारी गरिरहेको छ ।































प्रतिक्रिया