सत्यनिरुपण आयोगका अध्यक्ष र सदस्यद्वारा राजीनामा

सत्यनिरुपण आयोगका अध्यक्ष र सदस्यद्वारा राजीनामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ र सदस्य लीला उदासी खनालले राजीनामा दिनुभएको छ ।

आयोगका सदस्य मञ्चला झाका अनुसार अध्यक्ष गुरुङ र सदस्य खनालले आयोगको सचिवालयमा माघ २७ गतेदेखि लागु हुने गरी विहिबार राजीनामा दिनुभएको हो । आयोगको म्याद पनि माघ २७ गतेदेखि सकिँदैछ । आयोगका पदाधिकारीले चार वर्षसम्म पीडितको पीडालाई महसुस गरेर काम गर्न नसकेको आलोचना भइरहेको छ ।

सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐनको दफा ७ ले प्रधानमन्त्रीसमक्ष राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ । तर अध्यक्ष र सदस्यले आयोगकै सचिवालयमा राजीनामा बुझाउनुभएको छ । सरकारले दुवै आयोगको म्याद एक वर्ष थप गर्ने तथा वर्तमान पदाधिकारीको म्याद चैत मसान्तसम्म रहने गरी आयोगको ऐन संशोधन गर्न बनेको विधेयक दुवै सदनमा पेश भइसकेको छ ।

रासस

Logo