यी १० कलाकार जसले पारिश्रमिक पाएनन् (भिडियो रिपोर्ट)

यी १० कलाकार जसले पारिश्रमिक पाएनन् (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली फिल्म क्षेत्रका दुःख पनि अनेक छन् । फिल्म बनाउनेलाई कसरी चलाउने भन्ने दुःख । फिल्म चलाउनेलाई कसरी दर्शकलाई हलसम्म ल्याउने भन्ने दुःख । अनि, फिल्म चलेपछि कसरी पैसा उठाउने भन्ने दुःख ।

यि त भए फिल्म बनाउने र चलाउनेका दुःख । तर, दिनरात नभनी सुटिङमा खटिने कलाकारका दुःख आफ्नै छन् । अचेल कलाकारहरु खुलेरै गुनासो गर्न थालेका छन्, फिल्म खेलेको पैसा उठाउनै गाह्रो छ ।

पछिल्लो समय कलाकार र फिल्मकर्मीबीच हुने पारिश्रमिकको लफडा मिडियामा सार्वजनिक पनि भइरहेका छन् । कति कलाकारहरु भने कुनै दिन पैसा पाइएला कि भन्ने आशामा चुपचाप छन् ।

उनीहरु निर्माताविरुद्ध बोल्न सकिरहेका छैन् । तर केही साहसी कलाकार भने खुलेरै बोलिरहेका छन् । कलाकारसँग बुझ्ने क्रममा जो फेला परे उनीहरुले फिल्ममा काम गरेको पैसा अझै नपाएको गुनासो पोखे । आउनुहोस् आज उनीहरुबारे चर्चा गरौँः भिडियोमा

Skip This
Skip This
Logo