विद्युतीय सामग्रीको बजार बढ्दा सुरक्षा र गुणस्तरमा ध्यान पुर्‍याउनुपर्छः पौड्याल

विद्युतीय सामग्रीको बजार बढ्दा सुरक्षा र गुणस्तरमा ध्यान पुर्‍याउनुपर्छः पौड्याल

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघका निवर्तमान अध्यक्ष सुदर्शनप्रसाद पौड्यालले नेपालमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको बजार बढ्दै गएको विषयलाई मध्यनजर गर्दै यसको सुरक्षा र गुणस्तरमा ध्यान पुर्‍याउनुपर्ने बताएका छन् ।

महासंघले ‘फीन इलेक्ट्रो टेक–२०२४’ को अवसरमा पारेर आयोजना गरेको नवीनतम प्रविधि विद्युतीय सुरक्षा र गुणस्तर विषयमा प्यानल छलफलमा पौड्यालले यस्तो बताएका हुन् ।

‘सन् १९९६ देखि सुरु भएको फीन इलेक्ट्रो टेक ११औं संस्करणसम्म आइपुगेको छ, यो अवस्थासम्म आइपुग्दा यो प्रदर्शनी महासंघ आफैँले आयोजना गर्न सक्षम छ, प्रविधि जतिजति विकास हुँदै जान्छ त्यति नै हाम्रो अपटिक पनि क्रमशः बढ्दै जान्छ,’ उनले भने ।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी ब्रान्डको सहभागिता रहेको जानकारी दिँदै पौड्यालले यसले प्रविधिको प्रतिको सकारात्मक सोचलाई उजागर गर्नका लागि मद्दत पुर्‍याउने बताए । नेपालमा उत्पादन भएको बाहेक वार्षिक रूपमा एक खर्ब ५ अर्ब रुपैयाँको इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्री आयात भएर आइराख्दा यसको व्यावसायिक गतिविधि पनि तीव्र तरिकाले बढिरहेको उनको भनाइ छ ।

‘हामी आफैँ अहिले उज्यालोको अभियन्ता भन्दै आएका छौँ, उज्यालोको काम गछौँ भन्दा पनि हामीलाई गर्भ लाग्छ, यसका नीतिनियमलाई स्थिर बनाएर सरकारले पनि काम अगाडि बढायो भने देशमा ठूलो आर्थिक लाभ यो क्षेत्रले गर्नेछ,’ उनले भने । घरको नक्सा पास गरे जस्तै घरमा जडान गर्ने इलेक्ट्रिक म्यापको पनि नक्सा पास गर्न अब आवश्यक रहेको उनको भनाइ छ ।

Logo