काठमाडौं । गायक प्रमोद खरेलले नयाँ गीत ‘यो कुरा गोप्य’ ल्याएका छन् । बिहिबार गायक प्रमोदकै अफिसियल युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको छ । गीतमा आशिष अविरलको संगीत तथा एक नारायण भण्डारीको शब्द रहेको छ । गीतको एरेन्ज अविरलले नै गरेका हुन् ।
निकै रमाईलो र डान्सिङ गीत ‘यो कुरा गोप्य’ गीतको म्युजिक भिडियोमा नाजिर हुसेन र एलिशा राईको अभियन रहेको छ । भिडियोमा नजिरले एलिशालाई आफूले माया गरेको कुरा गोप्य राख्न आग्रह गरेका छन् । नाजिर आफ्नो हरेक क्रियाकलाप गोप्य राख्न चाहन्छन् । तर तर, भिडियोको अन्त्यमा गायक खरेल कथामा ट्विस्ट बनेर आइदिन्छन् र एलिशालाई भगाउँछन् ।
शान थापाको निर्देशनमा तयार भएको गीतमा राजिव समरको नृत्य निर्देशनमा रहेको छ । भिडियोलाई अनिल के मानन्धरले खिचेका छन् । कमल प्रसाईले ड्रेन चलाएको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । दिक्षा क्रियशलले तयार गरेको अडियो भिडियोलाई दिपा सिटौला ‘खरेल’ ले निर्माण गरेकी हुन् ।
यो गीतले दर्शकरश्रोताको मन जित्नेमा प्रमोद विश्वस्त छन् । उनले भने, ‘हामीले यस गीतलाई पूर्ण रुपमा डान्सिङ फ्लेवरमा तयार पारेका छौँ । गीतको भिडियोलाई हामीले फरक तरिकाले बनाएका छौँ । शब्द तथा संगीतको हिसाबमा पनि निकै राम्रो भएको छ । यस गीतले दर्शकरश्रोताको मन जित्नेछ ।’































प्रतिक्रिया