केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

भेनेजुयला प्रकरणदेखि भ्यालेन्टाइनको माहोलसम्म

भेनेजुयला प्रकरणदेखि भ्यालेन्टाइनको माहोलसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

भारतका लागि नवनियुक्त राजदूत आचार्यको के छ योजना ?

भारतका लागि नवनियुक्त राजदुत निलाम्बर आचार्यले नेपालको निर्यात व्यापार बढाउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
भारतका लागि नवनियुक्त राजदुत आचार्यले मुलुकको समृद्धिका लागि निर्यात व्यापारमा जोड दिन आवश्यक रहेकाले आफूले सोही कामलाई भारतमा रहँदा प्राथमिकताका साथ अघि बढाउने बताएका हुन् ।

विज्ञापन विधेयकमा समावेश महत्वपूर्ण ८ व्यवस्था

सरकारले विज्ञापन नियमन ऐन ल्याउने भएको छ । भ्रामक विज्ञापनहरु मनपरी ढंगले प्रकाशन/प्रशारण हुन थालेपछि त्यसको नियमन गर्नका लागि ऐन बनाउन लागिएको हो । त्यसका लागि सञ्चार तथा सूचनामन्त्री गोकुलप्रसाद बास्कोटाले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रिय सभामा पेश गरेका छन् । यो विधेयक संसदबाट पारित भई राष्ट्रपतिले प्रमाणित गरेपछि लागु हुन्छ । तर, विधेयक पेश भएसँगै यतिबेला यो विधेयकको आलोचना भईरहेको छ । यो विधेयकमा भएको केही प्रावधानका कारण विरोधाभास सिर्जना भएको भन्दै आलोचना शुरु भएको हो ।

सिन्धुलीमा पजेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु, ८ जना घाइते

सिन्धुलीमा जीप दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ । फिकल गाउँपालिका २, चण्डी भञ्ज्याङमा जीप दुर्घटना हुँदा घटनास्थलमै ४ जना र १ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुको सनाखत हुन बाँकी रहेको सिन्धुली प्रहरी प्रमुख एसपी चक्र बहादुर सिंहले जानकारी दिए । दुर्घटनामा परेर ८ जना घाइते भएका छन् ।

ट्रम्पलाई ओलीको प्रश्न, ‘अमेरिकाको मात्र चित्त दुख्ने, हाम्रो चित्त हुदैन र ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपतिलाई जवाफ दिएका छन् । भेनेजुएलामाथि भईरहेको अमेरिकी हस्तक्षेपपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक विज्ञप्ती जारी गर्दै हस्तक्षेप नगर्न अमेरिकालाई सचेत गराएका थिए । उक्त विज्ञप्तीपछि नेपाल अमेरिका सम्बन्धमा चिसोपना आएको छ । अमेरिकाले यस विषयमा नेपाल सरकारको आधिकारिक धारणा माग गरेको थियो ।

तीन दिनसम्म मुलुकभर वर्षा र हिमपात

सुदूरपश्चिमबाट प्रवेश गरेको पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण मुलुकभर वर्षा र हिमपात शुरु भएको छ । जम्मुकाश्मिर हुँदै नेपाल प्रवेश गरेको मौसमको यो प्रणालीले पश्चिमबाट पूर्वतिर प्रभाव पार्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारसम्म मुलुकभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा हिमपात र केही स्थानमा भारी वर्षा तथा हिमपात हुने सम्भावना रहेको बताइएको छ ।

आज देशभरका शैक्षिक संस्था ठप्प

आज देशभरका शैक्षिक संस्था ठप्प भएका छन्।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीको भातृ संगठन अखिल (क्रान्तिकारी) ले आज देशभरिका शिक्षण संस्था बन्द गराएको हो ।

सञ्चारमन्त्रीको कटाक्ष : ‘वाइडबडी हराएको छैन, अस्ति हातहातमा देखेको थिएँ

प्रधानमन्त्रीलाई प्रचण्डको जवाफ- ‘मेरो जिब्रो चिप्लिएको छैन’

पार्टी मेकअप कसरी गर्ने ? ब्युटीसियन पूनम श्रेष्ठको टिप्स

जन्ती बोकेको टिपर दुर्घटना: दुई जनाको मृत्यु, ४० जना घाइते

वडाध्यक्ष पुर्पक्षका लागि थुनामा

आईजीपीलाई पत्र लेख्दा बर्खास्तमा परेका प्रहरी जवानको पुर्नवहाली

१२ वर्षीया बालिका आफ्नै बावुबाट बलात्कृत

विश्वकै ठूलो त्रिशूल भएको स्थानमा महायज्ञ

भेनेजुयला प्रकरणमा किन विवादमा परे, प्रचण्ड ? (भिडियोमा)

विद्यार्थी बिरामी परेपछि विद्यालय नै बन्द

महाकुम्भ मेलामा पहिलो पटक नागा महिला साध्वीहरु !

भ्यालेन्टाइन विक, कुन दिन के गर्ने ? (भिडियो सहित)

रेष्टुरामा खाना खाएको बिल तिर्ने विषयमा श्रीमान-श्रीमती वीच झगडा : प्रहरी बोलाएर छिनोफानो

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Skip This
Skip This
Logo