आईजीपीलाई पत्र लेख्दा बर्खास्तमा परेका प्रहरी जवानको पुर्नवहाली

आईजीपीलाई पत्र लेख्दा बर्खास्तमा परेका प्रहरी जवानको पुर्नवहाली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रहरी प्रमुख आईजीपीलाई पत्र लेख्दा जागिर गुमाएका प्रहरी जवानको पुर्नवहाली भएको छ । प्रहरी सँगठन भित्र सुधारको आवाज उठाँउँदै प्रहरी प्रमुख आईजीपी सर्वेन्द्र खनाललाई पत्र लेख्दा जागिर गुमाएका प्रहरी जवान दीपेन्द्र बहादुर चन्दलाई पुर्नबहाली गर्न अदालतले आदेश दिएको छ ।

उच्च अदालत दिपायलले जागिरबाट हटाइएका प्रहरी जवान चन्द निर्दोस ठहर गर्दै पुर्नवहाली गर्न आदेश दिएको हो । न्यायाधीशद्धय मुनेन्द्र प्रसाद अवस्थी र नसरुल्लाह अंसारीको संयुक्त इजलासले जागिरबाट हटाउने निर्णय बदर गरी, जागिरबाट हटाइएको मितिदेखी हालसम्मको सबै तलब, रासन, भत्ता र फ्री स्केलका लत्ताकपडा समेत दिइ प्रहरी जवान पदमा पुनर्वहाली गर्नु भनी परमादेश जारी गरेको छ।

प्रहरी सँगठनभित्र सुधारको माग गर्दै गत वैशाखमा चन्दले प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललाई एउटा निवेदन पत्र लेखेका थिए। निवेदनमा प्रहरी सँगठनभित्र सुधारका बुँदाहरु समेटिएका थिए।

पत्र सार्वजनिक भएपछि कैलाली प्रहरी नायव उपरिक्षक विर बहाबदुर बुढामगरले प्रहरीको मर्यादा विपरित पत्र लेखेको भन्दै जवान चन्द माथि कुटपिट गरे। तर, डिएसपी बुढामगरले चन्दले लगाएको त्यो आरोप सत्य भएको प्रस्ट्याएका छन् ।

जवान चन्दले न्याय माग्दा डिएसपीको कुटाई खानु परेको भन्दै प्रहरी महानिरिक्षक सर्बेन्द्र खनाल कहाँ धाए। तर , आईजिपीले पनि न्याय नदिएको चन्दको आरोप छ।

त्यसपछि एसएसपीले पुनर्बहाली गरिदिन्छु मिलापत्र गर भनी आश्वासन दिएपछि जवान चन्दले जिल्ला अदालत कैलालीमा मिलापत्र गरे । त्यसको केहि दिनपछि चन्दलाई जिल्ला प्रहरी कार्यलय कैलालीले बर्खास्त गरेको थियो ।

प्रहरीको जागिरबाट निकालिएका चन्दले आफू निर्दोष रहेको भन्दै अदालतमा पुर्नबहालिको रिट हालेका थिए। सोही मुद्धामाथि फैसला गर्दै अदालतले पुर्नबहाली गर्न आदेश दिएको हो।

Logo