आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई राजपाका चार अध्यक्षको निर्देशन

आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई राजपाका चार अध्यक्षको निर्देशन

केन्द्रबिन्दु
0
Shares

रौतहट

राजपा नेपालका अध्यक्ष मण्डलका चारजनाले संविधान संशोधनको पक्षमा अभिमत जाहेर गरेका छन् । रौतहटको चन्द्रपुरमा क्षेत्रीय पार्टी कार्यालयको बुधवार उद्घाटन गर्दै राजपाको अध्यक्ष मन्डलका चार सदस्यले संविधान संशोधन अनिवार्य रहेको बताउँदै सरकारले संविधान संशोधन नगरे आन्दोलनको लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।

राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले संविधान संशोधन अपरिहार्य रहेको बताए । वर्तमान संविधानले मधेसी, आदिबासी जनजाति, मुस्लिम, महिला तथा सीमान्तकृत वर्गलाई उपेक्षित गरेको बताउँदै संयोजक यादवले समानताको लागि संविधान संशोधन अपरिहार्य रहेको स्पष्ट पारे ।

संयोजक यादवले उनीहरुको आर्थिक, सामाजिक तथा भाषिक समानताको लागि संविधान संशोधन एकमात्र विकल्प भएको जिकिर गरे । नेता यादवले शताब्दियौँदेखि मधेशमा उपेक्षित भएर बसेका विभिन्न जातजाती र वर्गको सम्मानका लागि राजपा नेपाल आन्दोलित रहँदै आएको बताउँदै संविधान संशोधन नभए पुनः आन्दोलनको लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष मन्डलका सदस्य महन्थ ठाकुरले विपक्षीको कुरो सुन्दै नसुन्ने सरकार अलोकतान्त्रिक भइसकेको आरोप लगाए । सरकारले लोकतान्त्रिक स्वतन्त्रतालाई निषेध गरेर अघि बढेको आरोप लगाउँदै नेता ठाकुरले जनताको अधिकार कुण्ठित हुने अवस्था आएको समेत आरोप लगाए । नेपालको जीवनमार्ग मधेश भएकोले संघीय सरकारबाट मधेश उपेक्षित हुँदा देशको जीवनमार्ग नै प्रभावित भएको तर्क नेता ठाकुरको छ ।
नागरिकबाट

Skip This
Skip This
Logo