काठमाडौं
मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउने उद्देश्यले मेलम्ची खानेपानी विकास समिति र पुरानै ठेकेदार कम्पनी सिएमसीका प्रतिनिधिहरु बीचको वार्ता सिंगापुरमा जारी छ । वार्तामा सिएमसी कम्पनीले राखेका मागहरुका विषयमा छलफल भइरहेको बताइएको छ ।
मेलम्चीको काम छिटो सक्न सकेसम्म यही ठेकेदार कम्पनीबाट काम गराउने, नभए विकल्पका रुपमा अन्य कदम चाल्ने विषयमा खानेपानी मन्त्रालयले गृहकार्य गरिरहेको बेला सिएमसीसँग वार्ता भइरहेको हो । यस अघि कम्पनी सम्पर्कमा नआएको भन्दै सरकाररले विकल्प खोज्ने तयारी गरिरहेको थियो ।
आयोजना समाप्त नहुँदै काम छाडेर भागेको इटालियन कम्पनी सीएमसीलाई ठेक्का खारेजी किन नगर्ने भन्दै त्यसको कारण भए १४ दिनभित्र जवाफ पठाउन सरकारले गत माघ ६ गते पत्राचार गरेको थियो ।
यसअघि औपचारिक र अनौपचारिक रुपमा सिएमसीका प्रतिनिधिहरुसँग छलफल भईरहेको थियो । दिल्लीस्थित नेपाली र ईटालीका राजदूतबीच यस विषयमा छलफल समेत भएको थियो ।































प्रतिक्रिया