काठमाडौं । सानेपमा रहेको नेपाली कांग्रेसको भवन अरुले दिएको जमिनमा निर्माण गरिएको हो । यो भब्य पार्टी कार्यालयको जमिन नेपाली कांग्रेसकै पूर्व सांसद तथा वरिष्ठ समाजसेवी मैयादेवी श्रेष्ठले दानमा दिएकी हुन् ।
९१ वर्ष पुगेकी मैयादेवी श्रेष्ठलाई एउटा कुराले भने भावुक बनाउन थालेको छ । आफूले दानमा दिएको यो सम्पत्ति पार्टीले बिक्रि गर्न लागेको कुराले मैयादेवीलाई भावुक बनाउन थालेको हो ।
लोभ र मोह त्यागेर आफ्नो सम्पत्ति दान दक्षिणा र समाज सेवामै खर्च गरेकी उनी अहिले पनि समाज सेवा भनेपछि हुरुक्कै हुन्छिन् ।
नेपालको चितवनस्थित भरतपुर महानगरपालिकाको बिक्रम मार्ग परिसरमा हाल बसोबास गरिरहेकी छिन् । यो भन्दा अगाडि उनी तनहूँ स्थित देवघाट धाम परिसरमा बसोबास गर्दै आएकी थिईन् । देवघाट धाममा मैयादेवी ट्रष्टको स्थापना गरेर उनले धेरै समाज सेवा गरिरहेकी छन् ।
वृद्ध शरिर भएपछि स्वास्थ्यमा पनि असर पर्ने भएकोले अहिले धर्म छोरा टंकनाथ पौडेलसँग बस्दै आएकी छिन् । हामीले उनी बसोबास गरिरहेको स्थान चितवनमा नै पुगेर उनीसँग कुराकानी गरेका छौं । केन्द्रबिन्दुकर्मी अनुपम भट्टराईले कुराकानी गरेका छन् । हेरौ उहाँसँग गरिएको भिडियो कुराकानीः





























प्रतिक्रिया