काठमाडौँ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका तीन नेता पार्टी केन्द्रीय कार्यालयमा आमरण अनसन बसेका छन् । चुनावबाट नयाँ नेतृत्व चयनको माग गर्दै उनीहरू अनसन बसेका हुन् ।
निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा कार्यालय प्रमुख केशव रावल, निवर्तमान केन्द्रीय सदस्य खकेन्द्र रावल र निवर्तमान केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला उपाध्यक्ष जनक ढुंगानाले आजदेखि आमरण अनसन सुरु गरेका हुन् ।
अखिल क्रान्तिकारीको स्थगित बन्दसत्र मंसिर २३ गतेदेखि नै सुरु गरी निर्वाचनमार्फत् नयाँ नेतृत्व चयनको माग राख्दै केन्द्रीय कार्यालय पेरिसडाँडा परिसरभित्रै आमरण अनसन बसेको बताइएको छ ।































प्रतिक्रिया