एजेन्सी । भारतमा एक डाक्टरले आफ्नै ड्राइभरको आरीले गर्दन रेटेर हत्या गरेका छन् । मध्य प्रदेशको होशंगावादमा इटारसीको सरकारी अस्पतालमा हाड जोर्नी रोग विशेषज्ञका रुपमा कार्यरत डा. सुनील मन्त्रीले आफ्नो श्रीमतीसँग अवैध सम्बन्ध रहेको आरोपमा ड्राईभरको आरीले घाँटी टेरेर हत्या गरेका हुन् ।
५५ वर्षका डा. मन्त्रीले हत्यापछि उनले शवको पाँच सय भन्दा धेरै टुक्रा पारे र त्यसलाई ड्रममा राखेर एसिड हाल्दै गलाएका थिए । पत्नीसँग ड्राइभरको अवैध सम्बन्ध रहेको थियो ।

यहि कुरालाई लिएर उनले डाक्टरसँग ब्लैकमेल गर्दै आएका थिए । ३० वर्षका ड्राइभर वीरेन्द्र पचौरी विरुलाई उनले हत्या गर्नुभन्दा चार दिन पहिलो मात्र जागरि दिएका थिए ।
फेब्रुअरी ४ मा वीरु काममा आएका थिए तर उनको दाँत दुखेको थियो । डाक्टरले उपचारको बहानामा उनलाई बेहोस हुने इन्जेक्शन लगाए। त्यसपछि आरीले गर्दन रेटेर हत्या गरे। हत्यापछि शवलाई उनले बाथरुममा लगेर साना-साना टुक्रा पारे। त्यसपछि ती सबै टुक्राहरुलाई ड्रममा राखेर एसिड खन्याए। शवका टुक्राहरु सबै गले।

डाक्टरकी पन्ती सुष्माको मृत्यु भइसकेको छ। उनी चार वर्षअघि वीरुसँग एक बुटिकमा काम गर्थिन्। त्यसक्रममा वीरु र सुष्माको सम्बन्ध बनेको थियो । उक्त कुरा डाक्टरले थाहा पाएपछि उनले वीरुको हत्या गर्ने योजना बनाएका हुन्।
हत्याकै योजनाका रुपमा उनले वीरुलाई चार दिन पहिले मात्रै जागिर दिएका थिए र एक एक गरेर एसिडको बोतल जम्मा गरेका थिए। उनले हत्याकै लागि आरी पनि किनेका थिए।































प्रतिक्रिया