संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा गृह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र अर्थमन्त्रीलाई सांसदले मौखिक प्रश्न सोध्न कार्यसूची छ । "/>

आज संसदमा ४ मन्त्रीले जवाफ दिने

आज संसदमा ४ मन्त्रीले जवाफ दिने

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।

संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा गृह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र अर्थमन्त्रीलाई सांसदले मौखिक प्रश्न सोध्न कार्यसूची छ । सांसदहरुको प्रश्नको जवाफ दिनेमा गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री युवराज खतिवडा, वनमन्त्री शक्तिबहादुर बस्नेत, कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाल र महिला तथा बालबालिका मन्त्री थममाया थापा छन्। सचिवालयका अनुसार ४ मन्त्रीलाई सोधिने प्रश्न यसअघि नै दर्ता भैसकेको छ ।

सचिवालयका अनुसार सांसदले ८८ मौखिक प्रश्न दर्ता गराएकाेमा ४३ प्रश्नको जवाफ मन्त्रालयले सचिवालयमा पठाइसकेका छन्। सचिवालयमा २८ वटा लिखित प्रश्न दर्ता भएका थिए ।  सांसद उठाएका प्रश्नकाे मन्त्रीहरूले संसदकाे रोस्ट्रममै गएर जवाफ दिनेछ ।

उनलाई कांग्रेस सांसद डिला संग्रौलाले निर्मला पन्तको हत्यारा पत्ता नलागेको विषयमा प्रश्न दर्ता गराएकी छिन । गृहमन्त्री थापाले यस बिषयमा आज जवाफ दिनेछन्।

त्यस्तै, कांग्रेसकै सांसद देवेन्द्र कँडेलले भक्तपुरमा एघार वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या भएपछिको ‘इन्काउन्टर’को विषयमा प्रश्न दर्ता गराएका छन्।  गत साउन २१ गते साँझ अपहरणमा परेका खड्काको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको थियो। सो ‘इन्काउन्टर’लाई ‘फेक’ भएको आरोप लाग्ने गरेको छ।

 अछामका कांग्रेस सांसद रामबहादुर विष्टले अछामको मंगलसेनमा नमराज विष्टको हत्यारा पक्राउ नपरेको विषयमा प्रश्न दर्ता गराएका छन भने सांसद घनश्याम खतिवडाले मोरङमा खानेपानी ट्यांकीमा विषादी मिसाइएको घटनाको अनुसन्धानको विषयमा प्रश्न राखेका छन् ।

Skip This
Skip This
Logo