कोरोना प्रभाव बढेसँगै नेपालमा ह्वात्तै बढ्यो इन्टरनेट प्रयोग

कोरोना प्रभाव बढेसँगै नेपालमा ह्वात्तै बढ्यो इन्टरनेट प्रयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरसको प्रभाव बढेसँगै नेपालमा इन्टरनेट प्रयोग ह्वात्तै बढेको छ । जसका कारण नेपालमा इन्टरनेट व्यान्डविथ खपत पनि ३० प्रतिशतले बढेको छ । खासगरी कोरोना भाइरसका कारण बन्दाबन्दी भएपछि ग्राहक इन्टरनेटमा बढी सक्रिए भएको र त्यसमा पनि भिडियो कन्टेन्टमै बढी केन्द्रित भएपछि ब्यान्डविथ खपत ह्वातै बढेको हो ।

कोभिडपछि नेपालमा एक ग्राहकले लिने औसत इन्टरनेट स्पिड ४० एमबीपीएस पुगेको इन्टरनेट सेवाप्रदायक संघ ‘आइस्पान’ले जनाएको छ । यो स्पिड दूई बर्ष अगाडिसम्म २० एमबपीएसमा सिमीत रहेको थियो । संघकाका अनुसार अन्तर्राष्ट्रिय ब्यान्डविथको खपत बढे पनि यसको प्रयोग भने मुख्यतया तीनवटा सेवाका लागि प्रयोग भइरहेको बताएको छ । जसमा नेपाल भित्रिने अन्तर्राष्ट्रिय ब्यान्डविथमध्ये २४ प्रतिशत गुगलमा रहेको छन् भने २१ प्रतिशत टिकटकमा र १४ प्रतिशत फेसबुकका लागि खपत भइरहेको छ । पछिल्लो समय सेवाप्रदायक कम्पनीहरूको अनुसार भिडियो सेयरिङ एप टिकटकले सर्वाधिक ब्यान्डविथ खपत बढाएको छ । अहिले नेपालमा करिब ४ सय १८ जीबीपीएस अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत भइरहेको तथ्यांकले देखाएको छ ।

यस्तै अन्तर्राष्ट्रियसँगै आन्तरिक ब्यान्डविथको खपत पनि लकडाउनपछि १५ सय जीबीपीएसभन्दा बढी पुगेको आइस्पानले जनाएको छ । नेपालमा सबैभन्दा बढी आन्तरिक ब्यान्डविथतर्फ फेसबुक र गुगल अगाडि छन् । पछिल्लो समय फेसबुकले पनि भिडियो कन्टेन्टलाई नै प्राथमिकतामा राखेकाले पनि इन्टरनेटको खपत बढेको देखिन्छ । गुणस्तरीय भिडियो कन्टेन्टमै ग्राहक झुमिइरहेको बताउँदै सेवा प्रदायकहरू नयाँ कार्ययोजनाका साथ अघि बढ्नुपर्ने सोचमा छन् । यस्तै कोरोना भाइरस संक्रमण फौलिएपछि सम्पूर्ण क्रियाकलाप अनलाइनतर्फ नै सक्रिए भएपछि पनि ब्याडविथ खपत बढ्दै गएको छ । अनलाइन क्लास, भर्चुअल मिटिङ तथा सभा सम्मेलनलगायत कारोबारसमेत अनलाइनतर्फ नै केन्द्रित भइरहँदा इन्टरनेत प्रयोगमा भारी बृद्धी देखिएको हो ।

Skip This
Skip This
Logo