मेलम्ची
सिन्धुपाल्चोकमा भएका छुट्टाछुट्टै घटनामा मंगलबार दुई जनाको मृत्यु भएको छ ।
विद्युतको तार चलाउने क्रममा करेन्ट लागेर मेलम्ची नगरपालिका–१२ निवासी आइतमान तामाङको मृत्यु भएको छ । करेन्ट लागेर उपचारका लागि काठमाडौँ लैजादै गर्दा बाटोमा उनको मृत्यु भएको बताइएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।
यसैगरी पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ बाँसखर्कमा स्थानीय वीरबल तामाङ गोठमा मृत अवस्थामा फेला परेको स्थानीयवासीले बताएका छन् । पहिचान हुन नसकेको उक्त शवलाई परीक्षणका लागि मेलम्ची स्वास्थ्य चौकी ल्याइएको प्रहरी निरीक्षक दर्नालले बताउनुभयो ।
रासस































प्रतिक्रिया