नेकपाले पार्टी पुनर्गठन दिवसका अवसरमा भोलि दिपावली र पर्सी जनसभा गर्दै

नेकपाले पार्टी पुनर्गठन दिवसका अवसरमा भोलि दिपावली र पर्सी जनसभा गर्दै

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन दिवसको अवसरमा भोलि मङ्सिर ७ गते दिपावली र पर्सी ८ गते भृकुटीमण्डपमा जनसभा आयोजना गर्ने भएको छ ।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी नेकपाले पार्टी पुनर्गठनको ११ औं दिवसको अवसरमा मङ्सिर ७ गते बेलुका ५ः३० बजे पार्टी सम्बद्ध संगठनका निकायदेखि कार्यकर्ता र जनस्तरसम्म दिपावली गर्ने र ८ गते काठमाडौंको भृकुटीमण्डपमा जनसभा कार्यक्रम आयोजना गर्ने जानकारी दिएको हो ।

नेकपाका अनुसार उक्त कार्यक्रमलाई महासचिव विप्लव सीले सम्बोधन गर्ने छन् । विचार, राजनीति र संगठनको हिसाबले भिन्न प्रस्तावसहित नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गरिएको दिनलाई दिवसको रूपमा मनाउन मङ्सिर ८ गते काठमाडौंको भृकुटीमण्डपमा उत्सवसहितको कार्यक्रम आयोजना गर्न लागेको नेकपाले जनाएको छ ।

कार्यक्रममा विभिन्न कलाकार, साँस्कृतिक टोलि र स्थानीय कला सँस्कृतिहरुको प्रस्तुति रहने र कार्यक्रमअघि सुन्धाराबाट बिहान ११ः ३० बजे बागबजार हुँदै पुतलीसडकबाट जूलूस प्रदर्शन समेत गरिने छ ।

Skip This
Skip This
Logo