भीमदत्त नगरपालिकामा महिलाहरुका लागि लोक सेवा तयारी कक्षा

भीमदत्त नगरपालिकामा महिलाहरुका लागि लोक सेवा तयारी कक्षा

केन्द्रबिन्दु
0
Shares

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले महिलाहरुका लागि लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ । एक महिनासम्म सञ्चालन हुने तयारी कक्षामा नगरपालिका क्षेत्रका ८० जना सहभागी भएका छन् ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले मंगलबार औपचारिक कार्यक्रमकाबीच तयारी कक्षा उद्घाटन गरेका छन् । उनले तयारी कक्षाबाट लोक सेवा परीक्षाको तयारीका लागि सहभागीहरुलाई सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।

महिलाहरुको सरकारी सेवामा पहुँच बढाउन गत वर्षदेखि कक्षा सञ्चालन हुँदै आएको उल्लेख गर्दै उनले यस वर्ष निरन्तरता दिएको बताए ।

भीमदत्त नगरपालिकाका क्षेत्रका महिलाहरु बढी भन्दा बढी लोक सेवा परीक्षा उत्तीर्ण भएको खबर सुन्न पाउने अपेक्षा राखिएको उनले बताए ।

भीमदत्त नगरपालिकालाई समृद्ध नगर बनाउने लक्ष्यका साथ नीति तथा कार्यक्रम अघि सारिएको उल्लेख गर्दै त्यसका लागि सबै नगरवासीको सहयोग चाहिने नगर प्रमुख विष्टले बताए ।

भीमदत्तले छाडा चौपाया नियन्त्रण, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि लगायतका वासिन्दाको चाहना र आवश्यकताका आधारमा कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख विष्टले बताए ।

नगरपालिकामा केही दिनभित्र प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सुरु गरिने जानकारी दिए । कार्यक्रममा सामाजिक विकास समितिका सभापति हरक सिह धामीले सरकारी सेवा प्रवेश गर्न चाहने महिलाहरुका लागि तयारी कक्षाबाट फाइदा पुग्ने बताए ।

Skip This
Skip This
Logo