नेविसंघका अध्यक्ष नैनसिंह महर पक्राउ

नेविसंघका अध्यक्ष नैनसिंह महर पक्राउ

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको भातृसंगठन नेविसंघका अध्यक्ष  नैनसिंह महर पक्राउ परेका छन् ।

आफ्ना कार्यकर्तालाई पक्राउ गरेको विरोधमा नेविसंघले राजधानीमा प्रदर्शन गरेको थियो ।  महरको नेतृत्वमा निस्केको जुलुसमा प्रहरीले हस्तक्षेप गरी अध्यक्ष महरसहित  १२ जना भन्दा बढीलाई पक्राउ गरेको हो ।

नेपाल कमर्स क्याम्पसबाट निस्केका नेविसंघका नेता कार्यकर्ताको जुलुस बानेश्वरस्थित संसद भवन अगाडिको सडकमा आइपुग्नेबित्तिकै प्रहरीले हस्तक्षेप गरेको हो ।   उनीहरुला‌इ पक्राउ गरी महेन्द्र पुलिस क्लबमा राखिको छ।

गत शनिबार पोखरामा सरकारी गाडी जलाउने नेबिसंघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो।  पक्राउ परेका कार्यकर्ताको रिहाइको माग गर्दै आज नेविसंघले काठमाडौँमा प्रदर्शन गरेको हो।

Skip This
Skip This
Logo