काठमाडाैं । चितवन राइनोजले बुधबार गौतम बुद्ध नमुना रंगशालामा ‘ब्याटल अफ राइनोजः ब्रेकिङ द क्र्यास’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ |
कार्यक्रममा राइनोज व्यवस्थापन र राइनोजका खेलाडीबीच मैत्रीपूर्ण प्रतिस्पर्धी भएको थियो । फ्रेन्चाइज अध्यक्ष आयुष न्यौपाने, चितवन क्रिकेट संघका अध्यक्ष सुदीप पियालगायत टोलीसँग आवद्ध व्यक्तित्वहरु राइनोज व्यवस्थापनको टोलीमा रहेका थिए ।
खेलमा एक ट्विस्ट रहेको थियो- राइनोजका खेलाडीहरूलाई दुई पक्षहरू बीचको स्तर सन्तुलन गर्न विपरीत हातहरु प्रयोग गरेर प्रतिस्पर्धा गर्न चुनौती दिइएको थियो । यो नियमले मनोरञ्जनको ठूलो तत्व थप्यो । फ्रेन्चाइजले कार्यक्रमको मार्फत टोलीका सदस्यहरू, र व्यवस्थापनका बीच साैहार्द सिर्जना गर्ने जमर्को गरेको थियो |
कार्यक्रमपछि बोल्दै चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले भने, “यो कार्यक्रम चितवन राइनोज परिवारमा अघि बढिरहेको एकता र दृढताको उत्सव हो ।”
राइनोजका मार्की खेलाडी कुशल मल्लले पनि कार्यक्रममा खुशी व्यक्त गरे । उनले भने, “टोलीभित्र बलियो बन्धन बनाउनको लागि आजको खैल महत्वपूर्ण रह्यो । हाम्रो मस्कट “मिस्टर गैंडा” को संलग्नताले कार्यक्रममा रमाइलो पनि थप्यो|”































प्रतिक्रिया