गायक विजय महर्जनको ‘मेरी सपनी कि रानी’ बजारमा

गायक विजय महर्जनको ‘मेरी सपनी कि रानी’ बजारमा

केन्द्रबिन्दु
18
Shares

काठमाडाैं । गायक विजय महर्जनको ‘मेरी सपनी कि रानी’ गीत सार्बजनिक भएको छ । विश्वज्योति हलमा आयोजित कार्यक्रममा गायीका लोचन भट्टराईले सार्वजनिक गरेकी हुन् ।

सो गितको रचनाकार महर्जन स्वयं हुन् । गितको संगितकार दीपक रमण हुन् भने निर्देशक तथा कोरियोग्राफर रोहिया महर्जन हुन् । गितको प्रस्तुती सानु महर्जन, गितको एरेन्जर सञ्जय हमाल हुन् । गितमा गायक महर्जन र मोडलहरु अर्जुन शाक्य र सृतिका श्रेष्ठ छन् ।

गितलाई ओएसआर डिजिटलले सार्बजनिक गरेको हो । गितको परियोजना म्यानेजर वीरेन्द्र थापा, सिनेमेटो ग्राफर सोहन मानन्धर, एसिस्टेन्ट प्रोजेक्ट म्यानेजर नरेश सुनाम, ऐसिस्टेन्ट मेनेजर देवराज न्यौपाने, एसिस्टेन्ट डाइरेक्टर सृष्टी महर्जन, मिडिया डिजाइन ज्योति म्युजिक रहेको छ ।

गित सार्बजनिक गर्दै गायिका भट्टराईले युवा जमातले मन पराउने खालको गित भएको टिप्पणी गरे । उनले भने– गितले सबैको मन जित्न सक्नेछ । गितमा रोमान्टीट डान्स राखिएको छ । जुन डान्सले दर्शकको मन छुनेछ भने गितको शब्दले स्रोताको मन चुम्नेछ ।

निर्देशक तथा कोरियोग्राफर रोहिया महर्जनले गायक महर्जनको स्वरमा तयार भएको गितले युवा जमातको मन तान्न सफल हुने बताए । उनले भने, ‘मलाई यो गितको निर्देशन गर्न आनन्द आएको छ । गितले सबैका मन जित्ने अपेक्षा गरेको छु ।’

बढीजसो नेवारी गित गाएका महर्जनको मेरी सपना कि रानी गितले थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।

ललितपुर महानगरपालिका–१८ का अध्यक्ष दामोदर खड्काले आफ्नो वडाका महर्जनको प्रतिभालाई तारिफ गर्दै अबको दिनमा वडा कार्यालयको सहयोग रहने बताए । उनले स्थानीय थानागाउमा अगर धिमेबाजा पुचःमा नेपाल भाषाका गित र संगितलाई संरक्षण गर्न जुटेका महर्जनको नयाँ गितले थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।

लामो समयदेखि गित र संगितमा लागेका महर्जनले विभिन्न सांगेतिक कार्यक्रममा गित प्रस्तुत गरेका छन‍् । उनी नेपाल भाषा र हिन्दी भाषाको गित गाउने, मादल, धिमेबाजा र ड्रमसेट बजाउन पोख्त छन‍् ।

Skip This
Skip This
Logo