भिडियोमा हेर्नुहोस नेपाली क्रिकेटरलाई कसरी गरियो बिमानस्थलमा स्वागत

भिडियोमा हेर्नुहोस नेपाली क्रिकेटरलाई कसरी गरियो बिमानस्थलमा स्वागत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । युएई विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेर स्वदेश फर्किएको राष्ट्रिय क्रिकेट टोलीको स्वागत गरिएको छ ।

ऐतिहासिक सिरिज विजेता टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, उपाध्यक्ष पीताम्बर तिम्सिनालगायतले स्वागत गरेका हुन् ।

सो अवसरमा राष्ट्रियसभा उपाध्यक्ष तिम्सिनाले प्रत्येक खेलाडीलाई आफ्नो व्यक्तिगत तर्फबाट जनही १० हजार रुपैयाँ दिएका थिए । नेपाली टोलीलाई रातो कार्पेटमा स्वागत गरिएको थियो । यस्तै खेलाडीको स्वागतमा सयौँ समर्थक विमानस्थल पुगेका थिए ।

युएइविरुद्ध एकदिवसीय र टी–२० सिरिज जित्दै ऐतिहासिक सफलता प्राप्त गर्न सफल नेपाली टोली अपराह्न नेपाल आइपुगेको हो । घरेलु टोली युएइविरुद्ध नेपालले तीन खेलको एकदिवसीय र टी–२० सिरिज समान २–१ ले जितेको थियो । दुवै सिरिजको शुरुआती खेल गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै नेपालले दुई सिरिज आफ्नो बनाएको थियो ।

Skip This
Skip This
Logo