रुसी धम्कीपछि युक्रेनी संसद्को बैठक स्थगित

रुसी धम्कीपछि युक्रेनी संसद्को बैठक स्थगित

केन्द्रबिन्दु
57
Shares

किएभ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्चिमा मुलुकलाई चेतावनी दिएपछि रुसी क्षेप्यास्त्र आक्रमण हुन सक्ने भन्दै किएभले शुक्रबार एक दिनका लागि संसद्को कारबाही स्थगित गरेको छ ।

मस्कोले युक्रेनमाथि ३३ महिना लामो आक्रमणपछि यसै साता निप्रो शहरमा आणविक क्षमताको मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेसँगै तनाव थप बढेको हो ।

शुक्रबार पुटिनले पश्चिमा मुलुकमाथि आक्रमण गर्ने धम्की दिँदै आफू जस्तोसुकै परिस्थितिका लागि पनि तयार रहेको बताएको सम्बोधनलाई संयुक्त राज्य अमेरिकामा ‘बुझिएको’ क्रेमलिनले बताएको छ ।

अमेरिका र बेलायतले किएभलाई रुसी भूमिमा आक्रमण गर्न अनुमति दिएका देशहरूमाथि आक्रमण गर्ने अधिकार मस्कोसँग सुरक्षित रहेको पुटिनले बताएका थिए ।

नेटो र युक्रेनी अधिकारीहरूले ब्रसेल्समा मङ्गलबार बैठक गर्ने कार्यक्रम रहेको कूटनीतिक स्रोतहरूले एएफपीलाई बताएका छन् । रुसी ड्रोन र क्षेप्यास्त्रको निशानामा पर्ने आक्रमणको त्रासमा किएभस्थित युक्रेनी संसद्ले सरकारलाई शुक्रबार सोध्ने भनिएको सामान्य प्रश्नहरूको कार्यक्रमलाई रद्द गरेको छ ।

किएभको मध्य क्षेत्रमा रहेको संसद्सँगै राष्ट्रपति, केन्द्रीय बैंक र अन्य सरकारी भवनहरू छन्। राजधानीका अन्य भागको तुलनामा यो अहिलेसम्म बम विस्फोटबाट जोगिएको छ र पहुँचलाई सेनाले कडाइका साथ नियन्त्रण गरेको छ । केही सांसदले आफूले टाढाबाट काम गरिरहेको र शुक्रबारको संसद बैठक स्थगित गरिएको बताएका छन् ।

Skip This
Skip This
Logo