हराइरहेका अर्जेन्टिनी फुटबलर सवार विमान पानीमुनि भेटियो

हराइरहेका अर्जेन्टिनी फुटबलर सवार विमान पानीमुनि भेटियो

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । कार्डिफ सिटीका फुटबलर इमिलियानो साला सवार विमानको भग्नावशेष फेला परेको छ । गत जनवरी २१ मा फ्रान्सको नान्टेसबाट कार्डिफ आउने क्रममा अर्जेन्टिनी स्ट्राइकर र पाइलट डेभिड इबोटसन सवारी पिपर मालिबु एन २६४ डीबी विमान बीच बाटोमै बेपत्ता भएको थियो ।

खोजकर्ताहरुले सोमबार उक्त भग्नावशेषको जाँचका लागि पानीमूनि जानसक्ने यन्त्र पठाउने तयारी गरेका छन् । निजी लगानीमा विमानको खोजीमा लागेका डेभिड मर्नसले गुएर्नसे नजिकै आइतबार विमानको भगनावशेष फेला पारेका हुन् ।

विमानको भगनावशेष पानीको सतहभन्दा ६३ मिटर तल रहेको बताएका छन् । शुरुमा सोनारबाट भगनावशेष फेला पारेको र पछि पानीमूनि जानसक्ने यन्त्र पठाएर उक्त भगनावशेष विमानकै भएको पुष्टि गरिएको थियो ।

विमानको सबैजसो भगनावशेष त्यहाँ रहेको छ । अब एयर एक्सिडेन्टस इन्भेस्टिगेसन ब्रान्चले भगनावशेषलाई निकाल्नेछ ।

Skip This
Skip This
Logo