काठमाडौं । नेपाली इतिहासकै सर्वाधिक सुन्दरी अभिनेत्री हुन् करिष्मा मानन्धर । उनी नेपालको एक सफल मोडल र सदाबहार अभिनेत्रीको रुपमा परिचित छिन् । उनै सदाबहार अभिनेत्री करिष्माको आज फेबु्रअरी ४ तारिखमा जन्मदिन परेको छ ।
मानन्धरले सानै उमेरमा फिल्म ‘सन्तान’ बाट नेपाली रजतपटमा डेब्यु गरेकी हुन् । सन्तान फिल्म हिट भएसँगै करिष्माको चर्चा अझै चुलियो । मानन्धर मायालु, ट्रक ड्राइभर, बसन्ती, ढुकढुकी, लगायतका थुपै्र चलचित्रहरुमा अभिनय गरिसकेकी छन् ।
करिष्मा मानन्धरले बिनोद मानन्धरसँग विवाह गरेकी हुन् । उनलाई सामाजिक सञ्जाल फेसबुकमा नेपाली सेलिब्रेटी तथा उनका शुभचिन्तकहरुले जन्मदिनको शुभकामना दिईरहेका छन् ।































प्रतिक्रिया