काठमाडौं । यूएईविरुद्ध एकदिवसीय र टी-२० सिरिज जितेर आएको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । एकदिवसीइ र टी-२० सिरिज जित्दै ईतिहास रचेको नेपाली क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रातो कार्पेटमा स्वागत गरिएको हो ।
पारस खड्का नेतृत्वको नेपाली टोली केहीबेर अगाडि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेको छ । विमानस्थलमा खेलाडीहरुको स्वागतमा रातो कार्पेट विछ्याईएको राष्ट्रिय खेलकुद परिषद (राखेप) जनाएको छ ।
पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नेपालले ऐतिहासिक सफलता हासिल गरेपछि उनीहरुको स्वागतको लागि विमानस्थलमा बाक्लो भिड लागेको छ ।
यूएईविरुद्धको दुई सिरिज नेपालले २-१ ले जितेको थियो । एकदिवसीय सिरिज पनि २-१ ले जितेको नेपालले टि २० सिरिज पनि २-१ ले नै जितेको थियो ।
दुई सिरिज जितेको नेपालले आयोजक यूएईबाट ३ लाख १० हजार नगद पुरस्कार समेत पाएको थियो । नेपालले यूएईको घरेलु मैदानमा नै हटाएको हो ।
क्रिकेट खेलाडीलाई जनही ५ लाख:
क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख रुपैयाँ दिन सिफारिस गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) भोलि सरकारलाई उक्त प्रस्ताव लैजान लागेको हो ।
खेलाडीहरुको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका सदस्य सचिव केशव विष्टले प्रत्येक खेलाडीलाई ५ लाख दिन मन्त्रालयमार्फत प्रस्ताव लगिने जानकारी दिए ।





























प्रतिक्रिया