काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचनले करोडौं रकम हिनामिना गरेको प्रकरण यतिबेला चर्चामा छ । प्रभु ग्रुपका संस्थापक अध्यक्षसमेत रहेका भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ बढी ठगी गरेको आरोपमा प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले प्रहरीमा जाहेरी नै दिएपछि झनै यो प्रकरणले चर्चा पाएको हो ।
भट्टचनले प्रभु मनी ट्रान्सफरमार्फत् नेपाल पठाईएको रकम उतै राखी सेवाग्राहीलाई नेपालमा दिनुपर्ने रकम विभिन्न सहकारीबाट दिएको तर सहकारीलाई भुक्तान गर्नुपर्ने झन्डै ९८ करोड रुपैयाँ बराबरको रकम नतिरेको भन्दै उनीमाथि लामाले सहकारी ठगी प्रकरणमा जाहेरी दिएकी हुन्। भट्टचनविरुद्ध जाहेरी परेको झन्डै ३ महिना पुग्न लाग्दासमेत उनीमाथि कुनैपनि अनुसन्धान अघि बढेको छैन।
हुन त भट्टचनविरुद्ध कुनै पनि प्रहरी कार्यालयले जाहेरी लिन नमानेपछि लामाले सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गराएकी थिइन् । यसबाटै प्रष्ट हुन्छ उनको राजनीतिक रजगज ।
हाल एमाले र कांग्रेस नै सरकार छन्, त्यसकारण पनि सत्ताकै पक्षपोषणमा भट्टचनलाई जोगाउन सिंगो प्रहरी संगठन नै सक्रिय भएको आरोप लाग्ने गरेको छ ।
भट्टचन लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय थिए । बाग्लुङका स्थायी बासिन्दा भट्टचन काँग्रेसमा रहँदा सभापति शेरबहादुर देउवाले पार्टीको संगठन विभाग उपप्रमुख समेत बनाएका थिए । गोपालमान श्रेष्ठ विभाग प्रमुख हुँदा भट्टचन उपप्रमुख थिए । त्यसअघि ०७४ सालको निर्वाचनमा पनि समानुपातिका कोटामा जनजातितर्फ सूचीमा समावेश थिए । तर, तीन दशक लामो सम्बन्ध तोडेर उनी गत निर्वाचनताका एमाले बनेका हुन् । आर्थिक सहयोग गरेकै आधारमा भट्टचनले एमालेको समानुपातिक सांसद बन्ने अवसर पाएका थिए, त्यो पनि पहिलो नंबरमा । हाल एमाले र कांग्रेस नै सरकार छन्, त्यसकारण पनि सत्ताकै पक्षपोषणमा उनलाई जोगाउन सिंगो प्रहरी संगठन नै सक्रिय भएको आरोप लाग्ने गरेको छ ।
प्रभु ग्रुपका संस्थापक अध्यक्ष भट्टचन प्रभु बैंक, प्रभु लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रभु क्यापिटल, प्रभु मनि ट्रान्सफर, प्रभु पे, प्रभु टिभी, नेपाल सिपिङ लगायत १ दर्जन भन्दा बढी कम्पनी सञ्चालन गर्दै आएका व्यवसायी हुन् । प्रभु बैंकबाट बाहिरिसके तर, बैंकमा अहिले पनि उनकै हालिमुहाली छ ।
कुसुम लामाले प्रहरीमा दिएकाे जाहेरीअनुसार प्रभु म्यानेजमेन्टबाट भट्टचनले करोडौं रकम अपचलन गरेका छन् । प्रभु मेनेजमेन्टबाट भट्टचन ग्रुपको सेयरहरू सोही कम्पनीमा कार्यरत कर्मचारीका नाममा रहस्यमय तरिकाले सारिएको थियो । उक्त शेयर खरिद गराउन भट्टचनको निर्देशनमा सहायक प्रवन्ध निर्देशक रामेश्वर सापकोटाले प्रभु मनी ट्रान्सफरबाट ६ करोड रकम प्रभु म्यानेजमेन्टको नाममा पेश्की हाल्न लगाएका थिए ।
कम्पनी समस्यामा परेपछि भट्टचन प्रभु मेनेजमेन्ट आफूले छाडिसकेको भन्दै कम्पनीसँग कुनै सम्बन्ध नरहेको बताउँदै हिँडेका छन् ।
तर, भट्टचन समूहको शेयर नामसारी गरेका प्रभु म्यानेजमेन्टका कर्मचारीहरुले हालसम्म त्यो पैसा फिर्ता दिन सकेका छैनन् । कम्पनीको ऋण पनि अझै बोक्न पर्यो भनेर उनीहरुले हुलाक कार्यालयमार्फत सीआईबीमा भट्टचन उजुरी हालेका छन् । तर, कम्पनी समस्यामा परेपछि भट्टचन प्रभु मेनेजमेन्ट आफूले छाडिसकेको भन्दै कम्पनीसँग कुनै सम्बन्ध नरहेको बताउँदै हिँडेका छन् ।
भट्टचनको शेयर किन्ने मिजास भट्टचन भन्ने पात्र को हुन् ? मिजासलाई भट्टचनको शेयर नामसारी गर्दा उनको उमेर कति थियो ? शेयर किन्ने रकमको स्रोत के हो ? त्यस्तै मिजासले शिक्षा भट्टचन (देवी भट्टचनकी छोरी)को नाममा शेयर नामसारी गर्नुको कारण के हो ? शिक्षाले २०७७ असार २४ गते प्रभु मनी ट्रान्सफरबाट पैसा पठाउन लगाएर कर्मचारीहरुको नाममा जवर्जस्ती एड्भान्स लिन लगाई नक्कली नामसारी किन गरिन् ? यी तथ्यहरुलाई राष्ट्र बैंक र सीआईबीले अनुसन्धान गर्ने हो भने भट्टचन को हुन् भन्ने प्रष्ट पार्नेछ ।


भट्टचनले प्रभु म्यानेजमेन्टमा धेरै कम्पनीहरुको शेयर रहेको बताउने गरेका थिए । तर, आफै कम्पनी जिम्मा लिई धमाधम शेयर बेचेर सहकारीहरुलाई तिर्नुपर्ने अरबौं रकम नतिरी किन उनी ठगीको विल्ला भिरेर हिंडिरहेका छन् ? प्रभु समूहभित्रैबाट प्रश्न उठिरहेको छ ।
यति मात्र होइन, सांसद भट्टचनले प्रभु म्यानेजमेन्टबाट प्रभु टिभी चलाउन भनेर महाकाली डिजिटल नेटवर्कको नाममा १९ करोड रुपैयाँ लगेका थिए । त्यसको साँवा र ब्याज तिर्ने जिम्मा पनि उनकै हो । तर, अहिले चौतर्फी प्रश्न उठ्दा त्यो टिभी आफैंले किनेर प्रभु म्यानेजमेन्टलाई किन फिर्ता दिन सकेका छैनन् ?
प्रभु ब्राण्ड आफ्नो भएको दाबी गर्ने भट्टचनले प्रभु बैंकका सीइओ अशोक शेरचनसँगको मिलेमतोमा कुनै योजनाबिना प्रभु टेक्नोलोजी कम्पनी किन्नका लागि जबर्जस्ती प्रभु म्यानेजमेन्टलाई शेयर र घाटाको ठूलो धोक्रो बोकाएका छन् । जबकी उक्त प्रभु टेक्नोलोजीको शेयर फिर्ता लिएर भट्टचनले प्रभु बैंकलाई बेच्ने हो या आफैं चलाएर झण्डै ६० करोड बराबरकाे रकम प्रभु म्यानेजमेन्टलाई फिर्ता गरे अधिकांश सहकारी पीडितले न्याय पाउन सक्ने लामाको दाबी छ ।
































प्रतिक्रिया