ईयद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता

ईयद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता

केन्द्रबिन्दु
18
Shares

ब्रसेल्स(बेल्जियम) । सत्तारूढ जुन्टाले पश्चिम अफ्रिकी देशलाई सहयोग पुर्याउने तरिका माथि प्रश्न उठाए पछि युरोपियन युनियनले शनिबार नाइजरबाट आफ्ना दूतलाई फिर्ता बोलाएको जनाएको छ ।

इयुले ब्रसेल्समा परामर्शका लागि आफ्ना राजदूत फिर्ता बोलाउने निर्णय गरेको इयु प्रवक्ताले बताएका हुन् ।

नाइजरले शुक्रबार युरोपेली युनियनका राजदूतलाई अधिकारीहरूलाई जानकारी नदिई गैरसरकारी संस्थाहरूलाई मानवीय सहायताका लागि १.३ मिलियन युरो वितरण गरेको आरोप लगाएको थियो । यसले कोष व्यवस्थापन गर्ने तरिकाको लेखापरीक्षण गर्न आग्रह गरेको छ । -एएफपी

Skip This
Skip This
Logo