महाराष्ट्रमा भाजपा नेतृत्वको महायुती र झारखण्डमा महाविकास गठबन्धनलाई दुई तिहाइ

महाराष्ट्रमा भाजपा नेतृत्वको महायुती र झारखण्डमा महाविकास गठबन्धनलाई दुई तिहाइ

केन्द्रबिन्दु
66
Shares

काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको महायुति गठबन्धनले महाराष्ट्रमा कीर्तिमानी बहुमतका साथ दुई तिहाईभन्दा बढी सिट जितेको छ ।

बहुमतका लागि १४५ सिट आवश्यक रहने २८८ सदस्यीय विधानसभामा शनिबार रातिसम्ममा मतगणना सकिँदा महायुती गठबन्धनले २३२ सिट जितेको छ ।

गठबन्धनबाट १४५ स्थानमा उम्मेदवारी दिएको भारतीय जनता पार्टीले मात्रै यहाँ १३२ सिट जितेको छ । महायुतीकै शिवसेनाले ५७ सिट जितेको छ भने नेश्नलिस्ट कंग्रेसले ४१ सिट जितेको छ ।

तर यता कंग्रेसहितको महाविकास अघाडि गठबन्धनले ४९ सिटमात्रै जितेको छ । जसमा कंग्रेस आईले १६ सिटमात्रै जित्यो । उद्धव थाक्रेको शिवसेनाका २० उम्मेदवारले जित्दा शरद पवारको एनसिपीका १० उम्मेदवार निर्वाचित भएका छन् ।

महाराष्ट्रमा अब शिवसेनाका एकनाथ शिन्दे, भाजपाका देवेन्द्र फडनविस र अजित पवारमध्ये एकजना मुख्यमन्त्री बन्नेछन् ।

झारखण्डमा भने कंग्रेस सम्मिलित गठबन्धनले दुई तिहाइ ल्याएको छ । ८१ सदस्यीय झारखण्ड विधानसभामा महायुती गठबन्धनले ५६ सिट जितेको छ । भाजपासहितको गठबन्धनले २४ सिट जितेको छ ।

झारखण्डमा वर्तमान मुख्यमन्त्री हेमन्त सोरेन नै दोहोरिने पक्कापक्की भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपा नेतृत्वको गठबन्धनलाई मतदान गरेकोमा आभार प्रकट गर्दै महाराष्ट्रको प्रगतिका लागि भाजपा र भाजपा नेतृत्वको गठबन्धनले काम गरिरहने आश्वासन दिएका छन् ।

Skip This
Skip This
Logo