काठमाडौँ । उपपधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा राजनीतीकरण गर्न नहुने बताएका छन् ।
आइतबार सिंहदरबारमा फोहोरमैला व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा बोल्दै उनले देशको राजधानीकै फोहोर व्यवस्थापन गर्न नसक्नेले अरु के कुरा व्यवस्थापन गर्न सक्छौँ भन्दै प्रश्न समेत गरे ।
उनले भने, ‘फोहोर मैलामा राजनीतीकरण गरेर त भएन नि । हामीले देशको राजधानीकै फोहोरमैला व्यवस्थापन गर्न नसक्ने हामीले अरु के कुरा व्यवस्थित गर्न सकौँला त ? प्रश्न आउँछ नि, यो फोहोरमैलाको सवालमा विधिको शासनअनुसार हामी सबै चल्नुपर्दछ । चाहे सङ्घीय सरकार होस् वा प्रादेशिक सरकार होस् वा स्थनीय सरकार नै किन नहोस् विधिको शासनअनुसार त मान्नुपर्यो, प्रक्रिया अनुसार हामी जान्छौँ ।’
उनले फोहोर व्यवस्थापनको विषयमा हुने छलफलको मात्र समाचार बन्ने गरेको भन्दै अब एक्सनमा गएको समाचार आउने गरी काम गर्ने बेला आएको धारणा राखे ।
उनले भने,‘काठमाडौँ उपत्यकाको फोहोरमैलाको व्यवस्थापन गर्नका लागि धेरै समय चाहिँ गइसकेको छ । स्थानीय निर्वाचनपछि हरेक समयमा पत्रपत्रिकामा समाचार मिडियाहरुमा फोहोरमैलाको बारेमा समाचार पढ्ने गर्छौँ । तर अब चाहिँ छलफल गरेको मात्र समाचार बन्ने होइन कि एक्सनमा गएको समाचार आउने गरी काम गर्ने बेला भयो ।’





























प्रतिक्रिया