गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले पायो आईपीओ निष्काशनको अनुमति

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले पायो आईपीओ निष्काशनको अनुमति

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई मङ्सिर ७ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको हो ।

कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको छ । प्रतिकित्ता १०० रुपैयाँमा शेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ।

कम्पनीले २०८१ साउन २४ मा आईपीओ निष्काशनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएकामा बोर्डले साढे ३ महिना मै कम्पनीको आईपीओ स्वीकृत गरेको हो ।

Logo