अरुणिमा शैक्षिक प्रतिष्ठानले आफ्नो ३४ औ स्थापना दिवस सम्पन्न भएको छ । स्थापना दिवसको अवसरमा स्मारिका लोकार्पण, व्यक्तित्व अभिनन्दन तथा विविध साँस्कृतिक कार्यक्रम गरिएको थियो ।
ज्ञानरुपी ज्योतिले अज्ञानरुपी अन्धकारलाई हटाउने संकल्प बोकेर काठमाडौंको आरुवारी २०४२ सालमा स्थापना भएको यो स्थानसम्म आउँदा आफूलाई त्रिनेत्रको रुपमा स्थापित गराउन सफल भएको छ ।
गुठियारहरुको सहयोगमा शैक्षिक गुठीका रुपमा संचालित यस प्रतिष्ठानले अरुणिमा मा.वि., बौद्ध, नव अरुणिमा मा.वि., आरुवारी एवम अरुणिमा शिशु सदन मा.वि., महाँकाल समेतको स्थापना गर्न सफल भैसकेको छ ।

स्थापना दिवसको अवसरमा प्रतिष्ठानले सामाजिक व्यक्तित्व तर्फश्री मिक्सु लामा र ठूलीमाया रिसाल, बरिष्ठ साहित्यकार, पत्रकार तथा सामाजिक अभियन्ता बिजय चालिसे र शिक्षक तथा कर्मचारीका तर्फबाट विद्यालय सेवामा २० वर्षे कार्यकाल बिताएका तेज प्रकाश ढुङगेललाई सम्मान गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि विश्व विद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा. डा. देबराज अधिकारीले राष्ट्रको विकासमा अतुलनीय योगदान पु¥याउँदैं आएको अरुणिमाले आगामी दिनहरुमा अझै गुणस्तरीय शिक्षा प्रदान गर्दै आफूलाई उत्कृष्ट बिद्यालयको रुपमा स्थापित गराउन सकोस भन्ने धारणा व्यक्त गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद लामिछानेले अरुणिमा राष्ट्रकै उत्कृष्ट शैक्षिक संस्थाहरू मध्यमा आउन सफल भएको भन्दै सम्पूर्ण सहयोगी तथा शुभेच्छुकहरू प्रति धन्यवाद ज्ञापन गरे । आगामी दिनमा प्रतिष्ठानका विद्यालयहरूको गुणस्तर अभिवृद्धिमा निरन्तर लागिरहने प्रतिबद्धता समेत व्यक्ति गरे ।
कार्यक्रममा तीनै वटा शैक्षिक संस्थाका विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरुको उपस्थिती रहेको थियो भने विद्यार्थीहरुले नेपाली भेष भूषा र संस्कृति झल्कने पिभिन्न साँस्कृतिक कार्यक्रमको प्रस्तुति समेत गरेका थिए ।































प्रतिक्रिया