टस हारेर नेपाल ब्याटिङ गर्दै, खेल १० ओभरमा सारियो

टस हारेर नेपाल ब्याटिङ गर्दै, खेल १० ओभरमा सारियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल र यूएईबीचको टि २० सिरिजको अन्तिम खेल सुरु भएको छ । वर्षाका कारण खेल ३ घण्टा ढिला सुरु भएको छ । टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको छ ।

२० ओभरको खेल १० ओभरमा छोट्याईएको छ । नेपाली समयअनुसार पौने ३ बजे सुरु हुने भनिएको खेल निरन्तरको वर्षाका कारण अहिले ५ बजेबाट सुरु भएको हो ।

शृंखला १-१ को बराबरीमा रहेकाले यो खेल जित्ने टोली शृंखलाको विजेता बन्ने छ । शृंखलाअन्तर्गत पहिलो खेल यूएई र दोस्रो खेल नेपालले जितेको थियो। यूएई भ्रमणमा रहेको नेपालले तीन खेलको एकदिवशीय शृंखला २-१ ले जितेको थियो।

Logo