बुलबुलको ‘जाद्रै बस्यो दिल’ सार्वजनिक

बुलबुलको ‘जाद्रै बस्यो दिल’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

फागुन ३ गतेबाट प्रर्दशनको लागि तयार भएको चलचित्र ‘बुलबुल’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘जाद्रै बस्यो दिल’ बोलको गीत सार्वजनिक भएको हो ।

रजिना रिमालको स्वर, मणिकला पौडेलको शब्द रहेको गीतमा उद्गम परियारले संगीत भरेका छन् । उक्त गीतमा स्वस्तिमा खड्का, मुकुन भुषाल र दिपक क्षेत्री फिचर्ड छिन्. ।

बिनोद पौडेल निर्देशित चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, दिपक क्षेत्रीसँगै लक्ष्मी बर्देवा, उज्जवल अधिकारी, एलिना कार्की लगायतका कलाकारले अभिनय गरेका छन् ।

यस चलचित्रमा स्वस्तिमा अन्य चलचित्रको तुलनामा फरक भूमिकामा प्रस्तुत भएकी छिन् । उनले बुलबुलमा महिला टेम्पो चालकको भूमिका निभाएकी छन् । साथै चलचित्रमा अनिमेष सापकोटाको सम्पादन, सुशान प्रजापतिको सिनेमेटोग्राफी र कबिराज गहतराजको कोरियोग्राफी रहेको छ ।

Skip This
Skip This
Logo