काठमाडौँ । एमएडब्लू हायर पर्चेज प्रालि यो पटकको उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरले एमएडब्लूलाई उत्कृष्ट करदाताका रूपमा सम्मान प्रदान गरेको हो ।
कार्यालयले १३औं राष्ट्रिय कर दिवस एवं कर सप्ताहको समापन समारोहमा एमएडब्लूलाई उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको हो ।
कार्यालयका प्रमुख कर अधिकृत भूपालराज शाक्य र कार्यक्रमका प्रमुख अतिथि मोरंगका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कम्पनीका महाप्रबन्धक प्राणनाथ भट्टराईलाई उत्कृष्ट करदाताको प्रमाणपत्र प्रदान गर्दै उक्त सम्मान प्रदान गरेका थिए ।
एमएडब्लू हायर पर्चेज नेपाल राष्ट्र बैंकको इजाजत पत्र अनुसार विसं २०६८ सालमा स्थापना भएको हो । यसले आफ्ना ग्राहकहरूलाई सजिलो र झन्झटमुक्त हायर पर्चेज समाधानहरू उपलब्ध गराउँदै आएको छ ।
एमएडब्लू इन्टरप्राइजेजको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पानीले एक अग्रणी हायर पर्चेज फाइनान्सिङ कम्पनीका रूपमा मुख्यत साना र मझौला कम्पनीका उद्यमीहरूलाई व्यावसायिक सवारीसाधन र भारी उपकरणहरूको फाइनान्सिङ सेवा प्रदान गरेर उनीहरूका वित्तीय लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्दै आएको छ ।































प्रतिक्रिया