अन्तर्राष्ट्रिय प्रतियोगिता हेरिटेज पेजेन्ट २०१९ का लागि रोजिन कोरिग्राफर नियुक्त

अन्तर्राष्ट्रिय प्रतियोगिता हेरिटेज पेजेन्ट २०१९ का लागि रोजिन कोरिग्राफर नियुक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्य अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज पेजेन्ट २०१९ का लागि अफिसियल कोरियोग्राफरका रुपमा नियुक्त भएका छन् ।

विभिन्न उमेर समूहको सौन्दर्य प्रतियोगिता तथा फेसन शोको कोरियोग्राफीमा डेढ दशक भन्दा लामो समय सक्रियता र निरन्तरता राखेका शाक्य आगामी फेब्रअरी १२ देखि १७ तारिखसम्म सिंगापुरमा हुने प्रतियोगिताको लागि कोरियोग्राफरमा नियुक्त भएका हुन् ।

प्रतियोगिता अन्तर्गत मिस तथा मिसेस् हेरिटेज इन्टरनेसनल २०१९ को विजेता छनौट हुनेछ । प्रतियोगिता ई प्लानेट प्रा.लि.को ब्यानरमा संचालन हुन लागेको हो ।

यस अघि सो अन्तर्राष्ट्रिय प्रतियोगिताको पहिलो संस्करण नेपालमा, दोस्रो संस्करण भारत तथा तेस्रो संस्करण श्रीलंकामा संचालन भएको थियो ।

वितेका तीन वटै संस्करणमा पनि रोजिन शाक्य नै कोरियोग्राफर रहेका थिए । अन्तर्राष्ट्रिय मञ्चमै सिंगापुरस्थित होटल भिलेज चाङ्गीमा संचालन भएको पहिलो ‘मिस मर्मेड सिंगापुर २०१६’ मा पनि रोजिन शाक्य नै कोरियोग्राफर रहेका थिए ।

फेसन कोरियोग्राफी बाहेक नेपाल भाषाको समाचार वाचन, फेसन पत्रकारिता, मञ्चीय कार्यक्रमको उद्घोषण, फेसन तथा टुरिजम एण्ड हस्पिटालिटी कलेज अध्यापन, पर्सनालिटी ग्रुमिङ, डकुमेन्ट्रि स्क्रिप्ट तथा प्रपोजल लेखन, भ्वाइस ओभर, इभेन्ट म्यानेज्मेन्ट लगायतका क्षेत्रमा आफूलाई निरन्तर सक्रिय राख्दै आएका रोजिन शाक्य वर्ष २०१८ को अप्रिल ७ मा मलेसियाको क्वालालम्पुरमा संचालन भएको द इन्टरनेसनल प्रिस्टिज् ब्रान्ड अर्वाड समारोहमा वेष्ट आन्टरप्रिनर विधा अन्तर्गत अन्तर्राष्ट्रिय पुरस्कार वेष्ट आन्टरप्रिनर इन मल्टि टास्क पर्सनालिटी अवार्डबाट सम्मानित भएका थिए ।

Logo