काठमाडौँ
देशभरका सबै विद्यालयमा स्यानिटरी प्याडसहितको अलग शौचालय बनाइने भएको छ । अधिकांश विद्यालयमा स्यानिटरी प्याडसहितको शौचालय नहुँदा महिनावारीको समयमा बालिका र शिक्षिकाहरूलाई विद्यालय समयमा अप्ठ्यारो हुने गरेको छ । शिक्षा विभागको तथ्यांक अनुसार हाल देशभर ३५ हजार ६०१ विद्यालय रहेका छन् ।
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सरकारलाई सिफारिस गरेको प्रतिवेदनमा महिनावारी तथा छाउपडी प्रथा जस्ता कारणले हुने छात्रा अनुपस्थितिलाई घटाउन स्यानिटरी प्याडसहितको अलग शौचालय बाध्यकारी बनाइन लागेको हो ।
महिनावारीका कारण विद्यालयमा अध्ययनरत छात्राको विद्यालय छाड्ने दर वृद्धि भएको र उनीहरूको सिकाइस्तर पनि खस्किँदै गएको देखिएको भन्दै प्रत्येक विद्यालयमा स्यानिटरी प्याडसहितको अलग शौचालय बाध्यकारी बनाउन प्रस्ताव गरिएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
महिनावारी भएको समयमा विद्यालय आउँदा घरबाट आफैंले ल्याएको प्याड कहिलेकाहीँ सकिने र विद्यालयमा प्याडको व्यवस्था नहुँदा अप्ठ्यारो हुने गरेको छात्राहरूको गुनासो छ । देशभरका अधिकांश विद्यालयमा छात्राका लागि उचित व्यवस्था नगरिँदा उनीहरू विभिन्न समस्यामा पर्ने गरेका छन् ।
राजधानीबाट































प्रतिक्रिया