रविलाई काठमाडौँ ल्याउन प्लेनको टिकट पाइएन

रविलाई काठमाडौँ ल्याउन प्लेनको टिकट पाइएन

केन्द्रबिन्दु
72
Shares

काठमाडौँ । प्लेनको टिकट नपाइँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि आज पोखराबाट काठमाडौँ ल्याउने कार्य अनिश्चित भएको छ ।

हवाई टिकटको व्यवस्था नहुँदा उनलाई बयानका लागि आज पोखराबाट काठमाडौँ ल्याउने कार्य अनिश्चित भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनलाई आज बिहान ८ः४० बजेको बुद्ध एयरको हवाईजहाजबाट काठमाडौँ ल्याउने भनिएको थियो । तर हवाई टिकट प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौँबाट पक्राउ गरिएका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेको छ ।

Skip This
Skip This
Logo