इन्द्रावती नदीको दोहन : दैनिक दुई सय टिपर निकालिन्छ बालुवा र गिट्टी

इन्द्रावती नदीको दोहन : दैनिक दुई सय टिपर निकालिन्छ बालुवा र गिट्टी

केन्द्रबिन्दु
0
Shares

काभ्रे

काभ्रेको भुम्लु गाउँपालिका–९ ज्याम्दी र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ साँगाचोक लगायत आसपासमा इन्द्रावती नदीमा अवैध तरिकाले प्राकृतिक स्रोतको दोहन भइरहेको छ । तर यसप्रति सरोकारवाला निकाय मौन बसेका छन् ।

राज्यको मापदण्डविपरीत क्रसर, बालुवा, रोडा, ढुंगाखानी सञ्चालन गर्ने व्यवसायीहरूले आर्थिक चलखेल गरी प्रशासनको मुख टालेको स्थानीयले गम्भीर आरोप लगाएका छन् । कहिलेकाहीँ अनुगमन हुने गरेपनि व्यवसायीहरूले अवैध उत्खनन गर्न भने रोकेका छैनन् ।

दैनिक लाखौँ रुपैयाँ आम्दानी हुने गरेकाले वर्षौंदेखि व्यवसायीले प्राकृतिक स्रोतको दोहन गर्दै आइरहेका हुन् । इन्द्रावती नदीमा मापदण्डविपरीत रोडाढुंगा, बालुवा २४ सै घन्टा उत्खनन हुने गरेको छ । बगरमै क्रसर मेसिन प्रयोग भएको छ । बगिरहेको नदीको बीचबाटै भारी मेसिन (स्काभेटर) ले बालुवा, रोडा निकालिरहेका छन् । नदीमा हिमपाइप बिछ्याएर मालबाहक सवारीसाधन निर्वाध रूपमा चलाइएको छ । दिनमा करिब दुई सय टिपर बालुवा, गिट्टी, ढुंगा निकालिँदा पनि प्रशासनले चासो देखाएको छैन ।

सित्तैमा नदीबाट निकालिएको बालुवा उपभोक्ताकहाँ पुग्दा प्रतिटिप २५ देखि ३० हजार रुपैयाँसम्ममा बिक्री हुन्छ । काभ्रे जिल्ला समन्वय समितिलाई जिल्लाको क्रसर उद्योगहरूको अनुगमन गर्ने अधिकार छ । तर जिल्ला समन्वय समिति काभ्रेको प्रवक्तासमेत रहेका व्यवसायी प्रेम लामाले इन्द्रावती बगरमै क्रसर उद्योग सञ्चालन गरेका छन् । उनले भुम्लु गाउँपालिकाबाट स्वीकृति लिएरै इन्द्रावती नदीमा हिमपाइप बिछ्याएर टिपर ओहोर–दोहोर गराइरहेका छन् ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo