क्रसर निर्माणमुखी सामग्रीसम्बन्धी विधेयक संसद्मा लैजाने तयारीमा छौँः सभापति खतिवडा

क्रसर निर्माणमुखी सामग्रीसम्बन्धी विधेयक संसद्मा लैजाने तयारीमा छौँः सभापति खतिवडा

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरी खतिवडाले नेपालमा क्रसर निर्माणमुखी सामग्रीसम्बन्धी विधेयक आगामी अधिवेशनमा संसदमा लैजाने तयारीमा लागेको बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको नव–निर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रममा उनले क्रसर निर्माणमुखी सामग्री सम्बन्धी विधेयक समितिमा आएको भन्दै यसलाई छिटै संसद्मा लैजाने बताएका हुन् ।

उनले भने, ‘नेपालमा क्रसर निर्माणमुखी सामग्री सम्बन्धी कानून निर्माण भइनसकेको अवस्थामा अहिले नेपाल सरकारले राज्य व्यवस्था तथा सुशासन समितिमा यो विधेयक आएर बसेको छ । यसलाई कसैको मुख नहेरी, मेरो र तेरो नभनि यो विधेयकलाई छिटै आगामी अधिवेशनमा संसदमा लैजाने तयारीमा लागेको जानकारी गराउन चाहन्छु ।’

यसको साथै उनले देशका प्रत्येक उद्योगहरूलाई अनुभूत हुने खालको कानून निर्माण गर्ने पक्षमा जाने भन्दै यसमा कुनै जाति, पार्टी, समुदाय, नहेरी समग्र देशका लागि आवश्यक पर्ने कानून निर्माण गर्ने पनि बताए ।

Skip This
Skip This
Logo