नेविसंघले बैतडीमा पनि जलायो प्रधानमन्त्रीको पुत्ला

नेविसंघले बैतडीमा पनि जलायो प्रधानमन्त्रीको पुत्ला

केन्द्रबिन्दु
0
Shares

बैतडी । बैतडीमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाईएको छ । नेपाली कांग्रेसको विद्यार्थी सँगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) बैतडीले प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो । पाटन चौराहमा नेविसंघसँग आवद्ध विद्यार्थीले प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन्।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतको आडमा पारित गरेको, निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेको नेपाल विद्यार्थी संघ बैतडीका अध्यक्ष कपील केसीले जानकारी दिए ।

दुईतिहाइको सरकारले जनताका अपेक्षा अनुसार काम गर्न नसकेको, बहुमत दम्भले नागरिकका हित विपरीत काग गर्दै गईरहेको, महंगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाउँदैं नेविसंघले पुत्ला जनाएको हो ।

निर्मला पन्तको हत्या भएको सात महिना बितिसक्दा समेत सरकारले दोषी पत्ता नलगाएको भन्दै नेविसंघले आक्रोश पोखेको छ। गृहमन्त्री रामबहादुर थापाको छोराको पनि डिएन्ए टेस्ट गर्नुपर्ने नेविसंघले माग अघि सारेको छ ।

Skip This
Skip This
Logo