काठमाडौं । बरिष्ठ कलाकार विएस राणाको शुक्रबार निधन भयो । उनको शुक्रबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो । अन्तिम संस्कारमा थोरै संख्यामा मानिसको उपस्थिति थियो । केही कलाकार, आफन्त तथा घरपरिवारका सदस्यमात्र आर्यघाट पुगेका थिए ।

इष्टमित्र ‘पर्दाका जन्ती र मर्दाका मलामी’ भन्ने नेपाली उखान पुरानो हो । तर वरिष्ठ कलाकार बेबेन्द्र शम्शेर राणा (वि.एस राणा) को हकमा भने यो लागु हुन सकेन । राणाले पर्दाको समय ‘जन्ती’ पाए, पाएनन् त्यो पहिलेको कुरो हो । तर मर्दा भने त्यती मलामी पाउन सकेन् । उनको अन्त्यष्ठीका कलाकारको खडेरी देखियो ।
शुक्रबार बिहान निधन भएका कलाकार राणाको शुक्रबार नै अत्येष्टी गरियो । कलाकारिताको समय सबैको हाइहाइ पाएका राणाले अत्येष्टीमा भने धेरैको साथ पाउन सकेन् ।

श्वासप्रस्वासमा समस्या आएपछि गत शुक्रबार उपचारका लागि टिचिङ अस्पतालमा भर्ना गरिएका उनले अस्पतालमै अन्तिम श्वास फेरेका थिए ।
७८ वर्षका उनको मुटुमा समेत समस्या देखिएको थियो । अत्येष्टी अगाडि उनको शव २ बजेदेखि ४ बजेसम्म अन्तिम श्रद्धान्जलीका लागि पशुपति आर्यघाटमै राखिएको थियो ।
जब चिताको लागि साढे २ घण्टा पर्खिनुपर्योः

जसरी उनले मर्दा त्यति धेरै मलामी नै पाएनन् । त्यसरी नै उनले समयै चिता पाउन सकेनन् । अर्थात उनको शवलाई जलाउँन साढे २ घण्टा कुर्नुपरेको थियो । शुक्रबार पशुपति आर्यघाटमा यतिधेरै शव आएका थिए की राणाले दागबत्ती पाउनको लागि साढे २ घण्टा कुर्नुपर्यो ।





























प्रतिक्रिया