एजेन्सी । तपाई हामीले जागीर गर्दा काम गर्नैपर्छ । कसैले शारीरिक श्रम तथा कसैले मानसिक रुपले काम गर्नैपर्ने हुन्छ । यदि तपाईले कुनै दिन काम गर्न छाड्नुभयो भने त्यो दिनदेखि तपाई निगरानीमा पर्नुहुन्छ । र केहीदिनमा तपाईको जागीर जान्छ । तर डेनमार्कमा भने एउटा यस्तो जागीर पाईन्छ ।
जहाँ काम गर्नुपर्दैन्, केबल बसेर पोर्न भिडियो हेर्नुपर्ने हुन्छ । पोर्न भिडियोहरु हेरेवाफत मासिक २ लाख रुपैयाँ तलब पाईन्छ । सुन्दै अचम्म लाग्ने यस्तो जागीर डेनमार्कको आरहुसमा हार्नस्थेल बारमा पाईन्छ ।
केही समय अघि बारले हप्तामा २० घण्टा पोर्न भिडियोहरु हेर्नको लागि कामदार माग गरेको थियो । जसमा हजारौं जनाले आवेदन दिएका थिए । अर्को रोचक कुरा उक्त जागीरको लागि पुरुष भन्दा पनि बढी महिलाहरुले आवेदन दिएका थिए ।
बारलाई चर्चामा ल्याउनको लागि मालिकले उस्तो रणनीति अपनाएका थिए । उनले भनेका थिए, म मेरो बार चर्चामा आओस भन्ने चाहन्छु । यसैकारण यो तरिका अपनाए । यो जागिरमा छानिएकालाई पीजे अर्थात पोर्न व्याय भनेर बोलाईन्छ ।































प्रतिक्रिया