काठमाडौँ । विश्वविख्यात अमेरिकी नम्बर १ ब्रान्ड ब्ल्याक एण्ड डेक्करले जाडो महिनाको आधुनिक समाधान स्वरूप उपयोगी विभिन्न आधुनिक उपकरणहरू आकर्षक छुटसहित बजारमा ल्याएको छ ।
जाडो महिनामा घरायसी कार्य सहज र जनजीवन आरामदायी बनाउने उपायलाई मध्यनजरमा राखेर प्रिमियम ब्रान्ड ब्ल्याक एण्ड डेक्करले ओएफआर हिटर, पिटिसी हिटर, फ्यान हिटर, एअर ह्युमिडिफायर, एअर फ्राइर, इलेक्ट्रिक ओभन, ओटिजी ओभन, इलेक्ट्रिक प्रेसर कुकर, कफी मेकर र कित्ली जस्ता अत्यन्तै उपयोगी उत्पादनहरू आकर्षक मूल्यमा बजारमा ल्याएको हो ।
अन्तरराष्ट्रिय प्रिमियम ब्रान्ड ब्ल्याक एण्ड डेक्करका उत्पादनहरू आधुनिक डिजाइनका टिकाउ र भरपर्दो रहेको र यी उत्पादनहरूको प्रयोगले उपभोक्ताहरूको जनजीवन सहज हुने कम्पनीले विश्वास लिएको छ ।
ब्ल्याक एण्ड डेक्करले प्रविधिको क्षेत्रमा नवीनता र आयाम थप्दै आफ्नो सुरुवाती दिनहरूदेखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेको छ ।
ब्ल्याक एण्ड डेक्करका हरेक उत्पादनहरूमा २४ महिनाको वारेन्टी रहेको छ । नेपालको लागि ब्ल्याक एण्ड डेक्कर ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ ।































प्रतिक्रिया