प्रेमीसँग आपत्तिजनक अवस्थामा आमा, छोरीले देखेपछि हत्या

प्रेमीसँग आपत्तिजनक अवस्थामा आमा, छोरीले देखेपछि हत्या

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । भारतमा एक आमाले छोरीको हत्या गरेकी छन् । भारतको हरियाणास्थित करनाल शहरमा प्रेमीसँग शारीरिक सम्पर्क राखिरहेको देखेपछि प्रेमीसँग मिलेर छोरीको हत्या गरेकी हुन् ।

आमालाई उनका प्रेमीसँग आपत्तिजनक अवस्थामा फेला पारेकी थिइन् र यो कुरा बुवालाई भनिदिने चेतावनी दिएपछि दुवै मिलेर हत्या गरेका हुन् ।

८ वर्षीया सोनमको आमा लक्ष्मी र उनका प्रेमी अमित मिलेर घाँटी थिचेर हत्या गर्दै शवलाई कट्टामा राखेर नरहमा फालेका हुन् । सोनम घरबाहिर खेलीरहेकी थिइन् । जब खेल सकियो उनी घरभित्र गइन् जहाँ उनले आमालाई आफ्ना प्रेमीसँग आपत्तिजनक अवस्थामा देखिन् ।

दुवैजना सोनमलाई देखेर अताल्लीए । उनीहरुले सोनमलाई यो कुरा कसैलाई नभन्न आग्रह त गरे तर उनले भनिदिने डर मनबाट कम भएन । आफ्नो कर्तुत खुल्ने डरले दुवैजनाले मिलेर छोरीको हत्या गर्ने योजना बनाए । योजना अनुसार नै हत्या गर्दै नरहमा फाले । लक्ष्मीले छोरी हराएको भन्दै प्रहरीमा उजुरी दिइन् ।

लक्ष्मी आफ्नो घर आइन् र उनका प्रेमी अमित पनि आफ्नो घर गए । दुवैलाई लागेको थियो होला सोनमको शव नहरमा बगेर हराउनेछ । तर शव कट्टामा रहेका कारण बगेर जान सकेन । कसैले शव भेटिएको जानकारी प्रहरीलाई दिए । प्रहरीले घटनाको छानबिन सुरु गर्यो । पोस्टमार्टममा उनको घाँटी थिचेर हत्या भएको कुरा पत्ता लाग्यो ।

प्रहरीले छानबिन गर्ने क्रममा शंकाको सुई आमा लक्ष्मीतिर घुम्यो र अमित पनि पक्राउ परे । प्रहरीले एक सिसिटीभी फुटेज हात पार्यो जसमा अमितले बाइकमार्फत कट्टामा राखिएको बालिकाको शव लगेर गइरहेको देखियो । दुवैजनाले आफ्नो अपराध स्वीकार गरे । प्रहरीले दुवैजनालाई हत्या मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

Skip This
Skip This
Logo