काठमाडौँ
मुलुकका १० स्थान उच्च प्रदूषणमा रहेको पाइएको छ । पानी परेपछि प्रदूषणको मात्रा कम हुँदासमेत १० स्थानमा प्रदूषण उच्च हुनुले समग्र वायुको गुणस्तर मापदण्ड भन्दा कम भएको पाइएको छ । वायु प्रदूषणको हिसाबले पार्टीकुलर म्याटर (पीएम) २.५ को मात्रा ४० माइक्रोग्राम प्रतिक्युबिक मिटरसम्मलाई गुणस्तरीय वायु मानिन्छ ।
वातावरण विभागको वायु गुणस्तर अनुगमनबाट सबैभन्दा बढी प्रदूषित सहरका रूपमा नेपालगन्ज देखिएको छ । शुक्रबार साँझ गरिएको मापन अनुसार नेपालगन्जमा पीएम २.५ को मात्रा १८४ माइक्रोग्राम प्रतिक्युबिक मिटर रहेको छ । मुलुकको १७ स्थानमा वायुको गुणस्तर मापन केन्द्र स्थापना गरी सुरु गरिएको मापन केन्द्रहरूमध्ये ४ केन्द्रले काम गर्न छाडेका छन् । शुक्रबार मापन गरिएका १३ स्टेसन मध्ये ३ स्टेसनमा मात्रै गुणस्तरीय वायु रहेको मापन गरिएको छ ।
प्रदूषणको हिसाबले दोस्रो उच्च प्रदूषण रहेको क्षेत्रका रूपमा सुनसरीको झुम्का क्षेत्र रहेको छ । जहाँ शुक्रबार पीएम २.५ को मात्रा १४६ दशमलव ४ माइक्रोग्राम प्रतिक्युबिक मिटर मापन गरिएको छ ।
यस्तै तेस्रो उच्च प्रदूषित सहरमा सिमरा रहेको वायु प्रदूषण अनुगमन शाखाले जनाएको छ । शाखाका अनुसार शुक्रबार साँझ ७ बजे पीएम २.५ को मात्रा ९९ दशमलव ३ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण रहेको पाइएको छ । यस्तै काठमाडौंको कान्तिपथ क्षेत्र पनि उच्च प्रदूषित क्षेत्रका रूपमा देखिएको छ । कान्तिपथस्थित फोरा दरबारमा पीएम २.५ को मात्रा ६८ दशमलव ५ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण मापन गरिएको थियो ।
यसैगरी पोखरास्थित हावापानी कार्यालयमा स्थापना गरिएको स्टेसनमा शुक्रबार पीएम २.५ को मात्रा ५७ दशमलव ७ माइक्रोग्राम प्रतिक्युबिक मिटर मापन गरिएको छ । यसैगरी काठमाडौंस्थित अमेरिकाको राजदूतावासमा स्थापना गरिएको मापन केन्द्रले पीएम २.५ को मात्रा ५५ दशमलव ८ माइक्रोग्राम प्रतिक्युबिक प्रदूषण रहेको मापन गरिएको छ ।
प्रदूषणको मात्रा उच्च रहेको क्षेत्रमा चितवनको पर्यटकीय क्षेत्र सौराह रहेको पाइएको छ । यहाँ पीएम २.५ को मात्रा ५२ दशमलव ९ माइक्रोग्राम प्रतिक्युबिक मिटर रहेको पाइएको छ । यस्तै, पोखरास्थित पोखरा विश्वविद्यायमा राखिएको मापन केन्द्रले सो क्षेत्र पनि उच्च प्रदूषणमा रहेको देखिएको छ । सो क्षेत्रमा पीएम २.५ को मात्रा ५१ दशमलव ३ माइक्रोग्राम प्रतिक्युबिक मिटर मापन गरिएको थियो ।
राजधानीबाट































प्रतिक्रिया