चिनियाँ व्यापारीले मूल्य घटाएपछि अर्बौंको यार्सा अलपत्र : प्रतिकिलोमै ५ लाख मूल्य घट्यो

चिनियाँ व्यापारीले मूल्य घटाएपछि अर्बौंको यार्सा अलपत्र : प्रतिकिलोमै ५ लाख मूल्य घट्यो

केन्द्रबिन्दु
0
Shares

बझाङ

चिनियाँ व्यापारीले किलोमै पाँच लाख मूल्य घटाएपछि बझाङका व्यापारीको यार्सागुम्बा बिक्री भएको छैन । बझाङमा संकलन भएको यार्सा किनेर उनीहरू काठमाडौंमा चिनियाँ व्यापारीलाई बिक्री गर्ने गर्छन् ।

बझाङमा प्रतिकिलो १५ लाखदेखि १६ लाख परेको यार्सालाई चिनियाँ व्यापारीहरूले १२ लाखमा मात्रै किन्ने भनेपछि नेपाली व्यापारीले बिक्री नगरेका हुन् । सुर्मा गाँउपालिका दौलीचौरका यार्सा व्यापारी उमेश बोहराले काठमाडौं पुर्‍याएको १५ किलो यार्सा मूल्य घटेकाले बिक्री हुन नसकेको बताए ।

‘मैले जिल्लामै प्रतिकिलो १७ देखि २० लाखका दरले खरिद गरेर काठमाडौं लगेको हुँ तर अहिले चिनियाँ व्यापारीहरूले १२ लाखमा मात्रै किन्ने भनेपछि चिन्ता लागेको छ,’ उनले भने । उनको झण्डै तीन करोडको यार्सा काठमाडौंमै थन्किएको छ ।

बझाङका यार्सा व्यापारी महिमान तामाङ, पुलचुङ तामाङ लगायतका दर्जनौं व्यापारीहरू काठमाडौंमा यार्साको भाउ नमिलेपछि यस वर्ष नराम्ररी घाटा हुने भन्दै निराश छन् । यार्सा बहुमूल्य भएकाले उनीहरूले संकलनका बेला पनि हेलिकप्टर चार्टर गरेर संकलन गर्छन् भने हेलिकप्टरमै काठमाडौं पुर्‍याँउछन् । बोहराले यसपालि बझाङबाट संकलन भएको साढे तीन क्वीन्टल यार्सागुम्बा काठमाडौंमा बिक्री नभएर थन्किएको बताए ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo